शनिबार , कार्तिक १५, २०७७

सेती प्रादेशिक अस्पतालमा जनशक्ति अभाव

सेती प्रादेशिक अस्पतालमा जनशक्ति अभाव

२९ असोज, सुदूरपश्चिम । कोरोना भाइरस संक्रमित भई जटिल अवस्थाका बिरामी बढ्दै जाँदा सेती प्रादेशिक अस्पताल धनगढीमा जनशक्तिको अभाव हुन थालेको छ । अस्पतालको कोभिड–१९ उपचार विभागका प्रमुख डा.शेरबहादुर कमरले बिरामीलाई अक्सिजन दिने, भेन्टिलेर मेसिन सञ्चालन गर्ने, बेहोस गर्ने लगायतको उपचार व्यवस्थापनमा खटिनु पर्ने एनेस्थेसिया चिकित्सकको अभाव भएको बताए ।

“अस्पतालमा बेहोस गराउने एक जना मात्र चिकित्सक कार्यरत रहेकोमा केही दिन यता थप एक जना एनेस्थेसिया चिकित्सक आएका छन”, उनले भने, “जटिल अवस्थाका बिरामी थप बढ्दै जाँदा उपचार व्यवस्थापनमा समस्या भइरहेको छ ।” अस्पतालमा दश आइसियु ‘सघन उपचार कक्ष’ र दश भेन्टिलेटरको व्यवस्थापन गरिएको छ । जटिल अवस्थाका बिरामी बढ्दा आइसियु भेन्टिलेटरको पनि अभाव हुने अस्पतालले जनाएको छ ।

अस्पतालको कोरोना अस्थायी अस्पतालमा हाल आइसियुमा पाँच जना र भेन्टिलेटरमा तीन जना कोरोना संक्रमितको उपचार व्यवस्थापन भइरहेको छ । आइसोलेसनमा ३६ जनाको उपचार व्यवस्थापन भइरहेको छ ।

डा।कमरले पछिल्ला दिनमा समुदायमा कोरोना संक्रमण फैलिँदा पनि सर्वसाधारणबाट तोकिएको स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न भइरहेको कमी कमजोरीको कारण संक्रमण दर बढ्दै गएको बताए । कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिन थालेपछि कैलाली जिल्लाका कतिपय कार्यालयका काम समेत प्रभावित भइरहेको छ ।

यसैबीच सामाजिक विकास मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशमा बुधबार ९१ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका समेत गरेर प्रदेशमा कोभिड—१९का कूल संक्रमित आठ हजार २९६ पुगेको छ । पछिल्ला दिनमा प्रदेशमा कोरोनाका सक्रिय संक्रमित बढ्दै गएको छ । बढी प्रभावित प्रदेशको राजधानी जिल्ला कैलालीका ७२५ जना सहित प्रदेशमा कूल सक्रिय संक्रमित बुधबार एक हजार ३०२ पुगेका छन् ।

चाड पर्व नजिकिदै जाँदा पछिल्ला दिनमा बजार क्षेत्रमा किनमेल गर्न आउने सर्वसाधारणको भीड बढ्दै जाँदा कोरोनाको जोखिम थप बढेको छ । कोभिड–१९ को संक्रमणबाट हालसम्म प्रदेशको कैलाली जिल्लाका १० जना, अछाम, बझाङ र बाजुराका दुई÷दुई जना र कञ्चनपर, डडेलधुरा र बैतडीका एक÷एक गरी १९ जना मृत्यु भएको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 1 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नबोली नबोली तिमीसँग नबाेली, दिनै डल्दैन है मेरो तिमीलाई नहेरी नबोली नबोली तिमीसँग नबाेली, दिनै डल्दैन है मेरो तिमीलाई नहेरी ४ हप्ता पहिले
सप्तरीमा कोरोना संक्रमित थप एक महिलाको मृत्यु सप्तरीमा कोरोना संक्रमित थप एक महिलाको मृत्यु ३ हप्ता पहिले
स्याङ्जा प्रशासन र राजनीतिक दलका नेताहरुको जनतामारा निर्णय, सीडीओकाे चर्काे आलोचना ! स्याङ्जा प्रशासन र राजनीतिक दलका नेताहरुको जनतामारा निर्णय, सीडीओकाे चर्काे आलोचना ! २ हप्ता पहिले
स्वरोजगार बनाउन वालिङ १० मा कृषि तथा नर्सरी व्यवस्थापन तालिम स्वरोजगार बनाउन वालिङ १० मा कृषि तथा नर्सरी व्यवस्थापन तालिम ३ हप्ता पहिले
राष्ट्र बैंककी जागिरे छोरी :- जसले किर्ते हस्ताक्षर गरेर बृद्ध आमाको करोडौं सम्पति हत्याइन् (श्रृङ्खला–१) राष्ट्र बैंककी जागिरे छोरी :- जसले किर्ते हस्ताक्षर गरेर बृद्ध आमाको करोडौं सम्पति हत्याइन् (श्रृङ्खला–१) २ हप्ता पहिले
कैदीबन्दी र सुरक्षाकर्मीको स्वाब संकलन गर्न शुरु कैदीबन्दी र सुरक्षाकर्मीको स्वाब संकलन गर्न शुरु २ दिन पहिले
गोदावरीका प्रमुख महर्जन १६ औँ दिनमा कोरोनामुक्त गोदावरीका प्रमुख महर्जन १६ औँ दिनमा कोरोनामुक्त ३ हप्ता पहिले
 विद्यालयमा पाँच लाखको अक्षयकोष स्थापना  विद्यालयमा पाँच लाखको अक्षयकोष स्थापना २ हप्ता पहिले