शनिबार , कार्तिक ८, २०७७

नयाँ मन्त्रीको शपथग्रहण शीतलनिवासमा

नयाँ मन्त्रीको शपथग्रहण शीतलनिवासमा

२९ असोज, काठमाडौं । नवनियुक्त मन्त्रीहरुको शपथग्रहण आज हुदैछ । बिहान ११ बजे बजे शीतलनिवासमा शपथग्रहणको कार्यक्रम राखिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । यसअघि हिजो प्रधानमन्त्री केपी शर्मा ओलीले तीन जनालाई मन्त्री नियुक्त गरेका थिए ।

जसअनुसार अर्थमन्त्रीमा विष्णु पौडेल, सञ्चारमन्त्रीमा पार्वत गुरुङ र शहरी विकास मन्त्रीमा कृष्णगोपाल श्रेष्ठ नियुक्त भएका थिए । रिक्त रहेका तीनै मन्त्रालयमा मन्त्री नियुक्त गरिएपनि दशैँ वा तिहारपछि बाँकी रहेका मन्त्रीहरुलाई हटाउने वा थपघट गर्ने चर्चा नेकपाभित्र छ ।

प्रधानमन्त्री ओलीको एकलौटी मन्त्रि नियुक्त गर्ने शैलीबाट नेकपा अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपाल रुष्ट बनेका छन् ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय