सोमबार , कार्तिक १०, २०७७

राजस्थानलाई हराउँद दिल्ली फेरि शीर्ष स्थानमा

राजस्थानलाई हराउँद दिल्ली फेरि शीर्ष स्थानमा

२९ असोज, एजेन्सी । आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्स फेरि शीर्ष स्थानमा उक्लिएको छ । दुबईमा बुधबार राति भएको खेलमा राजस्थान रोयल्सलाई १३ रनले पराजित गर्दै दिल्ली शीर्ष स्थानमा उक्लिएको हो ।

दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा दिल्लीले दिएको १ सय ६२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४८ रन मात्र बनाउन सक्यो ।

राजस्थानका लागि बेन स्टोक्सले ४१ रन जोड्दा रोबिन उथप्पाले ३२ रन बनाए । यस्तै सन्जु सामसनले २५ तथा जोस बट्लरले २२ रन बनाए । राहुल टेवाटिया १४ रनमा अविजित रहे ।

दिल्लीका लागि एन्रीच नोर्ट्जे र टुसार देशपाण्डेले दुई दुई विकेट लिए । यस्तै कागिसो राबडा, अक्षर पटेल र रविचन्द्र आश्विनले एक एक विकेट लिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६१ रन बनाएको थियो । दिल्लीका लागि शिखर धवन र कप्तान श्रेयस आयरले अर्धशतकीय इनिङ्स खेले । धवनले ५७ रनको इनिङ्स खेल्दा आयरले ५३ रन बनाए ।

यस्तै मार्कुस स्टोनिसले १८ रन जोड्दा एलेक्स केरीले १४ रन बनाए । पृथ्वी श सुन्य रनमा आउट हुँदा अजिंका रहानेले २ रन बनाए । दिल्लीले सन्दीपलाई भने खेलाएको थिएन । तेस्रो पटक आईपीएल खेलिरहेका सन्दीप लगातार आठौं खेलमा प्लेईङ सेटमा नपरेका हुन् ।

राजस्थानका जोफ्रा आर्चरले ३ विकेट लिए । जितसँगै शीर्ष स्थानमा उक्लिएको दिल्लीले ८ खेलमा १२ अंक जोडेको छ । दिल्लीको यो छैटौं जित हो ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

प्रधानमन्त्री ओलीकाे ‘रअ’ का प्रमुखसँग भेट कूटनीतिक मुल्य र आचारसंहिताविपरीत : नेकपाका प्रवक्ता श्रेष्ठ प्रधानमन्त्री ओलीकाे ‘रअ’ का प्रमुखसँग भेट कूटनीतिक मुल्य र आचारसंहिताविपरीत : नेकपाका प्रवक्ता श्रेष्ठ २४ घण्टा पहिले
पर्वहरुले मुलुकमा आइपर्ने विपत्ति र प्रतिकूलताको सामना गर्ने सामथ्र्य प्रदान गरून् पर्वहरुले मुलुकमा आइपर्ने विपत्ति र प्रतिकूलताको सामना गर्ने सामथ्र्य प्रदान गरून् ३ घण्टा पहिले
विधिपूर्वक गरियो सिद्धिदात्रीको पूजाराधना विधिपूर्वक गरियो सिद्धिदात्रीको पूजाराधना ११ घण्टा पहिले
यसपालिको बडादशैंँ जो जहाँ जहाँ छौँ, त्यहीँत्यहीँ रहेर दशैँ मनाऔँ : प्रधानमन्त्री ओली यसपालिको बडादशैंँ जो जहाँ जहाँ छौँ, त्यहीँत्यहीँ रहेर दशैँ मनाऔँ : प्रधानमन्त्री ओली ४ घण्टा पहिले
पर्वलाई कोरोना फैलने माध्यम बन्न नदिऔँ : उपराष्ट्रपति पुन पर्वलाई कोरोना फैलने माध्यम बन्न नदिऔँ : उपराष्ट्रपति पुन ४ घण्टा पहिले
स्वास्थ्य सुरक्षाका सबै मापदण्डको पालना गर्दै पर्व मनाउन अध्यक्ष दाहालको अपिल स्वास्थ्य सुरक्षाका सबै मापदण्डको पालना गर्दै पर्व मनाउन अध्यक्ष दाहालको अपिल ३ घण्टा पहिले
अफगान सेनाको हवाई आक्रमणमा तेह्र बालबालिका मारिए अफगान सेनाको हवाई आक्रमणमा तेह्र बालबालिका मारिए २१ घण्टा पहिले
“असम्भब भन्नेकुरा मुर्खको डायरीमा मात्र हुन्छ” ! “असम्भब भन्नेकुरा मुर्खको डायरीमा मात्र हुन्छ” ! १६ घण्टा पहिले