सोमबार , कार्तिक १०, २०७७

बलियो इंग्ल्याण्ड डेनमार्कसँग पराजित

बलियो इंग्ल्याण्ड डेनमार्कसँग पराजित

२९ असोज, एजेन्सी । नेसन्स लिग फुटबलमा इङ्ल्याण्ड पराजित भएको छ । बुधबार भएको खेलमा डेनमार्कले इङ्ल्याण्डलाई १–० गोलले हराएको हो ।इङ्ल्याण्डका ह्यारी मागुईरीले सिजनको खराब सूरुवात गर्ने क्रममा ३१ औं मिनेटमा रातो कार्ड खादै मैदान बाहिरिएका थिए ।

पहिलो हाफमै १० खेलाडीमा सिमित बनेको इङ्ल्याण्डका रिस जेम्सले समेत अन्तिम समयमा रातो कार्ड पाएका थिए । इङ्ल्याण्ड ९ खेलाडीमा सिमित रहेर खेलको अन्त्य गरेको थियो ।

खेलको ३५ औं मिनेटमा क्रिस्टियन इरिक्सनले पेनाल्टीमा गोल गर्दै डकमार्कका लागि विजयी गोल गरेका थिए । इङ्ल्याण्ड ७ अंक सहित समूहको तेस्रो स्थानमा रहेको छ । डेनमार्क समान अंक सहित तालिकाको दोस्रो स्थानमा छ ।

सोही समूहको अर्को खेलमा बेल्जियमले आइसल्याण्डलाई २–१ ले हराएको छ । रोमेलु लुकाकुले दुई गोल गरेपछि बेल्जियमले आइसल्याण्डविरुद्ध जित निकाल्न सफल रह्यो ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

पर्वलाई कोरोना फैलने माध्यम बन्न नदिऔँ : उपराष्ट्रपति पुन पर्वलाई कोरोना फैलने माध्यम बन्न नदिऔँ : उपराष्ट्रपति पुन ८ घण्टा पहिले
आज विजयादशमी, टिकाको उत्तम साइत १०ः१९ बजे आज विजयादशमी, टिकाको उत्तम साइत १०ः१९ बजे ८ घण्टा पहिले
आईपीएल टी-ट्वान्टी क्रिकेटको प्ले अफ पछिको खेल तालिका सार्वजनिक आईपीएल टी-ट्वान्टी क्रिकेटको प्ले अफ पछिको खेल तालिका सार्वजनिक ७ घण्टा पहिले
स्वास्थ्यसम्बन्धी सबै नियमको पालना गरेर दशैँ मनाउन राष्ट्रपतिको आग्रह स्वास्थ्यसम्बन्धी सबै नियमको पालना गरेर दशैँ मनाउन राष्ट्रपतिको आग्रह ८ घण्टा पहिले
चेन्नई आईपीएल इतिहासमा पहिलोपटक प्ले अफ पुग्न असफल चेन्नई आईपीएल इतिहासमा पहिलोपटक प्ले अफ पुग्न असफल ७ घण्टा पहिले
यती एयरलाइन्सले आफ्ना यात्रुका लागि ल्यायाे जोडीलाई दशैँ अफर यती एयरलाइन्सले आफ्ना यात्रुका लागि ल्यायाे जोडीलाई दशैँ अफर १७ घण्टा पहिले
स्वास्थ्य सुरक्षाका सबै मापदण्डको पालना गर्दै पर्व मनाउन अध्यक्ष दाहालको अपिल स्वास्थ्य सुरक्षाका सबै मापदण्डको पालना गर्दै पर्व मनाउन अध्यक्ष दाहालको अपिल ८ घण्टा पहिले
सिकाली जात्राको प्रसाद प्रधानमन्त्रीलाई हस्तान्तरण सिकाली जात्राको प्रसाद प्रधानमन्त्रीलाई हस्तान्तरण १७ घण्टा पहिले