सोमबार , कार्तिक १०, २०७७

प्रतिष्ठानको केन्द्रीय र शैक्षिक प्रशासनमा तालाबन्दी

प्रतिष्ठानको केन्द्रीय र शैक्षिक प्रशासनमा तालाबन्दी

२९ असोज, खलङ्गा । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा तेस्रो डिन नियुक्त गरिएको विषयमा केन्द्रीय तथा शैक्षिक प्रशासनसहितको कार्यकक्षमा तालाबन्दी गरिएको छ । प्रतिष्ठानका उपकुलपति प्रा डा राजेन्द्रराज वाग्लेले आवश्यकता नभएकै समयमा नियमविपरीत थप अर्का डिन नियुक्त गरेका भनी प्रतिष्ठानका कर्मचारी आन्दोलित भएका छन् ।

मंगलबार तेस्रो डिनको नियुक्ति फिर्ता लिन भन्दै प्रेस विज्ञप्ति जारी गरेको कर्णाली प्रतिष्ठानको कर्मचारी कल्याणकारी समाजले सुनुवाइ नभएको भन्दै उपकुलपति, शिक्षाध्यक्ष, रजिष्ट्रारको कार्यालयको मूलढोकामा तालाबन्दी गरेको छ ।

अध्यक्ष रामाकान्त उपाध्यायबाट जारी तालाबन्दीका लागि गरिएको विज्ञप्तिमा अनियमित तरिकाले नियुक्त गरिएका जनस्वास्थ्य सङ्कायका डिनलगायत सम्पूर्ण फजुल नियुक्ति खारेज गरिनुपर्ने, यसअघिका माग पूरा गर्नुपर्ने, कोरोनामा खटिने सम्पूूर्ण चिकित्सक कर्मचारी र कर्मचारीको जोखिमभत्ता उपलब्ध गराइनुपर्ने माग गर्दै तालाबन्दी गरिएको छ । प्रतिष्ठानका दुईवटा डिनले काम नपाएको समयमा तेस्रो जनस्वास्थ्य सङ्कायको डिनको पद सिर्जना गरी प्रा डा मुनिराज क्षेत्रीलाई नियुक्त गरिएको विषयमा कर्मचारीले विरोध गरेका छन् ।

उपकुलपति राजेन्द्रराज वाग्लेले सम्पर्क कार्यालय ललितपुरबाट असोज २६ गते जनस्वास्थ्य सङ्कायको डिन अनियमित तरिकाले नियुक्त गरिएको विषयमा विरोध गर्दै २४घण्टे अल्टिमेटम दिएको थियो । कर्णाली प्रतिष्ठानमा अहिलेका तीन डिनमध्ये पहिलो सरस्वती गौतम, दोस्रो प्रा डा रेशमबहादुर राना नियुक्त भए । असोज २६ गते जनस्वास्थ्य डिन पदमा प्रा डा मुनिराज क्षेत्रीलाई नियुक्त गरिएको पत्र प्राप्त भएको प्रतिष्ठान प्रशासनले जानकारी दिएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले शुरुमा २०७६ वैशाख ९ गते वाग्लेलाई नियुक्त गरेको थियो । गौतमपछि प्रतिष्ठानले डिन मेडिसिन प्रा डा रेशमबहादुर रानालाई नियुक्त गरिएको प्रतिष्ठान प्रशासनले जनाएको हो । कोभिडको समयमा दुई जना डिनलाई खासै काम कम भएको समयमा अझै अर्का डिन नियुक्त गर्नु उपकुलपतिले पदावधि जाँदै गर्दा पदको दुरुपयोग गरेका र राज्यकोष सिध्याउन आफ्ना मानिसको भर्तीकेन्द्र बनाएको भन्दै कर्मचारी विरोधमा उत्रिएका हुन् । प्रतिष्ठानका अनुसार फागुन महिनमा उपकुलपति वाग्लेको पदावधि सकिँदैछ ।

यता उपकुलपति प्रा डा राजेन्द्रराज वाग्लेले प्रतिष्ठानलाई अब ५०० श्ययाको अस्पताल विस्तार गर्नुपर्ने, एमबिबीएस शुरु गर्नुपर्ने भनेर सरकारबाट आएको र प्रतिष्ठानलाई अन्य हेल्थपोष्टजस्तो गर्ने भएकाले सोहीअनुसार काम भएको प्रतिक्रिया दिए।

कानूनी व्यवस्था

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ऐन, २०६८ स्थापना भई पदाधिकारी नियुक्त हुने प्रावधान छ । कर्णाली प्रतिष्ठान ऐनको परिच्छेद १ दफा २ परिभाषाको ‘घ’ मा उपकुलपति, उपकुलपति, शिक्षाध्यक्ष, छनोट समितिका अध्यक्ष, रजिष्ट्रार, डिन र निर्देशक भन्ने व्यवस्था छ । सोही दफामा आवश्यकतानुसारका पदाधिकारी नियुक्त गर्ने अधिकार पनि छ ।

उपकुलपति वाग्लेले पछिल्लो तेस्रो डिनमा नियुक्त गरेका महालक्ष्मी नगरपालिका–२ ललितपरका प्रा डा मुनिराज क्षेत्रीलाई ऐनको दफा २३ उपदफा १ अनुसार नियुक्त गरिएको नियुक्तिमा उल्लेख छ । तर एउटै पदमा तीन जना पदाधिकारी नियूक्त गर्नु राम्रो नभएको कर्मचारीले बताउँदै विरोध जनाएका छन् ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 1 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

स्वास्थ्यसम्बन्धी सबै नियमको पालना गरेर दशैँ मनाउन राष्ट्रपतिको आग्रह स्वास्थ्यसम्बन्धी सबै नियमको पालना गरेर दशैँ मनाउन राष्ट्रपतिको आग्रह ३ घण्टा पहिले
प्रधानमन्त्री ओलीकाे ‘रअ’ का प्रमुखसँग भेट कूटनीतिक मुल्य र आचारसंहिताविपरीत : नेकपाका प्रवक्ता श्रेष्ठ प्रधानमन्त्री ओलीकाे ‘रअ’ का प्रमुखसँग भेट कूटनीतिक मुल्य र आचारसंहिताविपरीत : नेकपाका प्रवक्ता श्रेष्ठ २३ घण्टा पहिले
खर्च व्यहोर्न नसक्ने संक्रमितको उपचार निःशुल्क गर्न मन्त्रालयकाे निर्देशन खर्च व्यहोर्न नसक्ने संक्रमितको उपचार निःशुल्क गर्न मन्त्रालयकाे निर्देशन १७ घण्टा पहिले
स्वास्थ्य सुरक्षाका सबै मापदण्डको पालना गर्दै पर्व मनाउन अध्यक्ष दाहालको अपिल स्वास्थ्य सुरक्षाका सबै मापदण्डको पालना गर्दै पर्व मनाउन अध्यक्ष दाहालको अपिल ३ घण्टा पहिले
अवैध रुपमा सञ्चालित क्लिनिक बन्द गर्न माग अवैध रुपमा सञ्चालित क्लिनिक बन्द गर्न माग २० घण्टा पहिले
छोराकाे कुटपिटबाट साठी वर्षीया आमाको मृत्यु छोराकाे कुटपिटबाट साठी वर्षीया आमाको मृत्यु १९ घण्टा पहिले
अफगानिस्तानमा शैक्षिक संस्थाबाहिर आत्मघातीहमला, १८ जनाको मृत्यु अफगानिस्तानमा शैक्षिक संस्थाबाहिर आत्मघातीहमला, १८ जनाको मृत्यु २३ घण्टा पहिले
चितवनमा थप दुई संक्रमितको मृत्यु चितवनमा थप दुई संक्रमितको मृत्यु २१ घण्टा पहिले