मंगलबार , कार्तिक ४, २०७७

विराट र कोशी अस्पतालमा ३ संक्रमितको मृत्यु

विराट र कोशी अस्पतालमा ३ संक्रमितको मृत्यु

२९ असोज, विराटनगर । मोरङको विराटनगरमा तीन जना संक्रमितको मृत्यु भएको छ । विराट नर्सिङ होममा एक महिला र कोशी अस्पतालमा दुई पुरुषको मृत्यु भएको हो ।

मृत्यु हुनेमा विराटनगर महानगरपालिका–४ का ५० वर्षीय र सुनसरीको धरान उपमहानगरपालिका–१५ का ६६ वर्षीय पुरुष छन् । विराटनगरका पुरुषलाई पीसीआर परीक्षण गराउँदा असोज २१ गते रिपोर्ट पोजेटिभ आएको आएको थियो । मधुमेह रोगी उनको बिहीबार बिहान मृत्यु भएको हो ।

यस्तै सोमबार मात्र कोरोना पुष्टि भएर घरमै बसेका धरानका वृद्धलाई श्वासप्रश्वासको समस्या बढेपछि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । उनको बुधबार राती मृत्यु भएको हो । उनलाई उच्च रक्तचाप, मधुमेह लगायतको समस्या थियो ।

यसैगरी विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा मोरङको सुन्दरहरैँचा नगरपालिका–५ की ४० वर्षीया महिलाको बुधबार साँझ ७ बजेतिर मृत्यु भएको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय