फेरि आक्रमक शैलीमा उत्रिए ओली
नेपालबहस संवाददाता
असोज २९, २०७७ बिहिबार १७:२६:२८
२९ असोज, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले हिजो मन्त्रिमण्डल विस्तार गरेर एउटा गतिलो सन्देश प्रवाहित गरे– म आफूखुशी चल्छु । लामो समय चलेको पार्टी भित्रको अन्तरद्धन्द्ध अन्त्य गर्न स्थायी कमिटी बैठकमा सहमति जनाएका ओलीले एक महिना नवित्दै त्यसको उल्लघंन गरिदिए ।
भदौ २६ मा स्थायी कमिटीले दिएको निर्देशनमा भनिएको थियो– मन्त्रिपरिषद पुनर्गठन लगायत राजनीतिक नियुक्ति गर्दा पार्टीका दुवै अध्यक्षबीच सहमति कामय गरी सचिवालय बैठकबाट अनुमोदन गरिने छ । ओलीले तत्काललाई समस्याबाट उम्कन सहमति जनाएपनि कार्यकारी अधिकार प्रधानमन्त्रीको विशेषाधिकार भएको विर्सेका थिएनन् ।
त्यसैले दुई साता अघि नै उनले मुख्यसचिव र राजदूत नियुक्ति गर्दा स्थायी कमिटीको निर्देशनलाई धोती लगाइसकेका थिए । त्यसयता अनेकन खेल भयो । कर्णाली प्रदेशमा राम्रै लुछाचुँडी गरे । अर्का अध्यक्ष पुष्पकमल दाहाललाई साइजमा ल्याउन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीमाथि अविश्वास प्रस्तावको प्रहसन गरियो । तर माधव नेपाल पक्षको साथमा प्रचण्डले यसको गुत्थी मिलाएकाले ओली समूह पछाडि हट्यो ।
यसैको प्रतिक्रिया स्वरुप ओलीले एकपटक फेरि आफ्नो शैली देखाए । प्रधानमन्त्रीको अधिकार क्षेत्रमाथि अरुको हस्तक्षेप अस्वीकार्य छ भन्ने सन्देश दिनका लागि नै प्रधानमन्त्रीले यो कदम चाल्नु भएको हो– बालुवाटार निकट स्रोतले भन्यो । यद्यपि यसबारे सबै कुरा प्रचण्डलाई जानकारी दिइएको पनि स्रोतले बतायो ।
हिजो दुई अध्यक्षबीच यसबारे छलफल भएको हो, प्रचण्डले खाली मन्त्रालय पूर्ति गर्दा सबै एकैपटक गरौं भन्ने प्रस्ताव राखेपनि खाली मन्त्रालयमा पदपूर्ति गर्दा प्रधानमन्त्रीको विशेषाधिकार प्रयोग गर्न स्वतन्त्र हुनुहुन्छ भनेकैले मन्त्री थपिएको स्रोतले जनाएको छ । तर प्रचण्ड निकट स्रोतले भने प्रधानमन्त्रीले यसबारे सामान्य छलफल गरेको तर कुनै सहमति नलिएको दाबी गरेको छ ।
हिजोपनि ओलीजीले यस्तो प्रस्ताव गर्दा मैले अहिले नगरौं, गर्दा एकैपटक पुनर्गठन गरौं भनेको हो , तर उहाँले एकलौटी गर्नु भयो – प्रचण्डले आफ्नो दुखेसो यसरी पोखेका थिए । ओलीसँगको छलफल लगत्तै प्रचण्डले फोनमार्फत सबै कुरा नेता नेपाललाई जानकारी गराउँदा यस्तो धारणा राखेको स्रोतको भनाई छ । ओलीले खाली तीनै मन्त्रालयमा आफू निकटलाई ल्याएका छन् ।
हुन त तीनमध्ये एउटामा आफ्ना र बाँकी दुईवटा मन्त्रालयमा प्रचण्ड र नेपाल निकट नेताको नाम ओलीले मागेका थिए । तर प्रचण्ड र नेपालले भने एकैपटक पुनर्गठन गर्न माग राखेकाले सहमति जुटेन । प्रधानमन्त्री ओली अहिले पार्टीभित्र संकटकै अवस्थामा रहेकाले कसैलाई पनि निकाल्न चाहन्नन् ।
त्यसैले खाली तीन मन्त्रालयमध्ये अर्थमा विष्णु पौडेल र बाँकी सञ्चार तथा शहरी विकासमा जनार्दन शर्मा र सुरेन्द्र पाण्डेलाई ल्याउन चाहन्थे । पौडेललाई अर्थ दिन प्रचण्डसमेत सकारात्मक थिए । तर नेता नेपाल भने पाण्डे वा बेदुराम भूषालमध्ये एकजनालाई अर्थमन्त्री बनाउन चाहन्थे ।
सहमति नजुटेकाले ओलीले तीनवटै मन्त्रालयमा आफू निकटलाई जिम्मेवारी दिए । यसबाट पार्टीमा फेरि पनि टकरावको वातावरण बनेको ठम्याई कतिपय नेताको छ । राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीको विचारमा ओलीले आफ्नो शक्ति र दम्भ यथावत रहेको सन्देश दिन हिजोको सन्देश पर्याप्त रहेको छ । नेकपामा आफू नै सर्वेसर्वा हो भन्ने सन्देश फेरि पनि ओलीले स्थापित गरेका छन् । अब उनले गरेको निर्णयको विरोध गर्नुको कुनै अर्थ छैन ।
साथै, पार्टी भित्र आफ्नो शक्ति र हैसियत कुन स्थितिमा छ भनेर परीक्षण गर्नसमेत ओलीले पछिल्लो कदम चालेको हुनसक्ने ठम्याई डा. केसीको रहेको छ । फेरि पनि ओली आक्रमक शैलीमा उत्रिएका छन्, त्यसको प्रतिवाद गर्ने हैसियत अरु नेतामा कत्तिको रहेको त्यो पार्टी पंक्तिमा प्रतीक्षाको विषय बनेको पनि उनले बताए । साथै, अब ओली फेरि पुरानै प्रवृत्तिमा जान चाहेको पनि प्रष्ट भएको बुझाई डा. केसीको रहेको छ ।
त्यसैको कडीका रुपमा उनले रक्षा मन्त्रालयबाट ईश्वर पोखरेललाई पन्छाएर देखाएका छन् भन्दै डा. केसी भन्छन्– राष्ट्रपति विद्यादेवी भण्डारीको आग्रहमा मात्रै ईश्वरलाई मन्त्रिपरिषदमा सरुवा गरिएको हो । नत्र उनलाई त हटाउने पक्षमा नै थिए ओली । केही महिनायता रक्षात्मक अवस्थामा पुगेका ओली एकाएक आक्रमक हुनुमा प्रतिपक्षी कांग्रेसको निरिहता र अकर्मण्ता पनि मुख्यकारक बनेको धारणा अर्का राजनीतिक विश्लेषक पुरञ्जन आचार्यको रहेको छ ।
हिजोसम्म रक्षात्मक अवस्थामा रहेका ओलीलाई बलियो बनाइदिने काम कांग्रेस सभापति शेरबहादुर देउवाले गरेको उनको बुझाई छ । सरकारका लागि सधैं टाउको दुखाई बन्नुपर्ने प्रतिपक्षी दल नै सत्ता साझेदार बनाउन सफल भएकाले ओलीलाई हाइसञ्चो भएको उनको धारणा छ । प्रमुख प्रतिपक्षी आक्रमक रहेको थियो भने ओली भूतपूर्व प्रधानमन्त्री भइसक्थे भन्दै आचार्यले कांग्रेसको साथ पाएकाले नै ओली आफ्नो पार्टीमा समेत भाले हुन पाएको विचार राखे ।
ओलीको सबै उर्जा आफ्नै पार्टी विरोधीविरुद्ध खन्याउन पाए, जसले गर्दा उनी बलिया भएका हुन् – आचार्य भन्छन् । यही गति र शैलीमा अगाडि जाने अवस्था आयो भने नेकपामा फेरि पनि ओलीकै एकछत्र राज चल्ने अवस्था देखेको पनि उनी बताउँछन् । ओलीलाई परास्त गर्न पार्टी भित्रका शक्ति सक्षम देखिएनन्, प्रतिपक्षसमेत भाई कम्युनिष्ट भयो , अनि ओली सत्ता अझै लामो समय चल्ने अवस्था सिर्जना भएको छ– उनले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
प्रदेश सरकारमा संकट पार्दै वैकल्पिक गठबन्धन निर्माणमा नेकपा एसको प्रयास
बैशाख ४, २०८१ मंगलबार
सत्ता गठबन्धनमा नेकपा एसको काउण्टर अट्याक, के होला उपनिर्वाचनपछि सरकारको अवस्था ?
बैशाख ३, २०८१ सोमबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
‘कोर्स करेक्सन’का लागि अब कांग्रेस–एमाले गठबन्धन, देशले कहिलेसम्म अस्थिर दाहाललाई झेल्ने ?
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार