मंगलबार , कार्तिक ११, २०७७

धरान र विराटनगरमा मात्रै ८ जनाको मृत्यु

धरान र विराटनगरमा मात्रै ८ जनाको मृत्यु

२९ असोज, विराटनगर । प्रदेश १ मा कोरोना संक्रमणका कारण एकैदिन ८ जनाको मृत्यु भएको छ । मृत्यु हुने विराटनगरका ३ र धरानका ५ जना हुन् । पछिल्लो २४ घण्टामा धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५ जना र विराटनगरमा ३ जना गरी ८ जनाको मृत्यु भएको हो ।

मोरङको विराट नर्सिङ होममा एक महिला र कोशी अस्पतालमा दुई पुरुषको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पाँच जनाको मृत्यु भएको छ । धरान उपमहानगरपालिकाका एक महिला एक पुरुष, इटहरी उपमहानगरपालिकाका एक महिला र तेह्रथुमका दुई पुरुषको मृत्यु भएको हो ।

इटहरी उपमहानगरपालिका २० की ७५ वर्षीया व्ृद्धाको बिहीबार विहान मृत्यु भएको हो । बीपी प्रतिष्ठानमै धरान उपमहानगरपालिका–९ का दुई जना संक्रमितको मृत्यु भएको छ । धरान ९ कै ४४ वर्षीया महिलाको समेत बुधबार अपरान्ह साढे ३ बजे मृत्यु भएको छ ।

यसैगरी तेह्रथुम दाङ्पा– १ का ४९ वर्षीय पुरुषको बुधबार बेलुका मृत्यु भएको छ । २६ गते कोरोना पोजेटिभ देखिएका पुरुषमा निमोनियाको समस्या थियो । यससँगै प्रदेश १ मा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १२१ पुगेको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय