भारतमा कोरोना संक्रमित ७३ लाख पुगे
नेपालबहस संवाददाता
असोज २९, २०७७ बिहिबार १७:५७:९
२९ असोज, नयाँदिल्ली । भारतमा कोरोना भाइरस संक्रमणबाट पछिल्लो चौबीस घण्टामा ६८० जनाको मृत्यु भएको छ । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा कूल संक्रमितको संख्या ७३ लाख ७ हजार नाघेको छ । पछिल्लो चौबीस घण्टामा भारतमा ६७ हजार ७०८ जना नयाँ संक्रमित भेटिएका छन् ।
मन्त्रालयका अनुसार हाल ८ लाख १२ हजार ३९० जना सक्रिय संक्रमित अवस्थामा छन् भने ६३ लाख ८३ हजार ४४२ जना निको भएका छन् । कोरोना संक्रमितको निको हुने दर भारतमा निकै उत्साहप्रद रहे पनि हालसम्म १ लाख ११ हजार २६६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
यसैबीच, भारतमा सर्वाधिक असर परेको महाराष्ट्र राज्यमा एक लाख ९६ हजार ७६१ जना कोरोना भाइरसका सक्रिय संक्रमित बिरामी रहेका छन् । महाराष्ट्रमा हालसम्म ४० हजार ८५९ जनाको ज्यान गइसकेको छ । यहाँ १३ लाख १६ हजार व्यक्ति निको भएका छन् ।
अर्को सर्वाधिक असर परेको कर्नाटक राज्यमा एक लाख १६ हजार व्यक्ति सक्रिय संक्रमित रहेका छन् । यस राज्यमा हालसम्म १० हजार १९८ जनाको मृत्यु भएको छ । केरला राज्यमा भने १ हजार ६६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मन्त्रालयका अनुसार यहाँ २ लाख १५ हजार व्यक्ति निको भएका छन् भने ९३ हजार ९२५ जना अझै सक्रिय संक्रमित अवस्थामा छन् ।
आन्ध्र प्रदेशमा ६ हजार ३१९ जनाको मृत्यु भइसकेको छ भने अझै ४१ हजार ६६९ व्यक्ति सक्रिय संक्रमित अवस्थामा छन् । त्यस्तै पाँच हजार ८९८ जनाको मृत्यु भएको नयाँदिल्लीमा २१ हजार ९०३ जना सक्रिय संक्रमित छन् । यसैबीच, भारतीय स्वास्थ्य अनुसन्धान परिषदले भारतमा ९ करोडभन्दा बढी कोरोना परीक्षण गरिएको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रजनन उपचारका लागि आयात गरिएको मानव अण्डामा हेमोफिलिया बी रोग
चैत ५, २०८० सोमबार
माल्दिभ्सले चुनावका लागि भारतमा पनि राख्नेछ मतपेटिका
चैत ५, २०८० सोमबार
अस्ट्रेलियाका विदेशमन्त्री वोङले गरिन समलिङ्गी विवाह
चैत ५, २०८० सोमबार
काली कम्बल वाले बाबा फरार, आयोजकलाई समात्न खोज्दा झडप
आबिद हुसेन
चैत ४, २०८० आइतबार
विनोद चौधरीलाई पक्राउ गर्ने सीआईबीको तयारी
नेपालबहस संवाददाता
चैत ४, २०८० आइतबार
जीवन चलाउने कि प्रहरीका उच्च अधिकारी खेलाउने ? सुनौँ अडियो
नेपालबहस संवाददाता
चैत ५, २०८० सोमबार
प्रचण्ड झण्डैझण्डै दुर्घटना परिसकेका थिएः नेपाल
नेपालबहस संवाददाता
चैत ३, २०८० शनिबार
जीवन चलाउने कि प्रहरीका उच्च अधिकारी खेलाउने ? सुनौँ अडियो
चैत ५, २०८० सोमबार
हुण्डीको कारोबारामा संलग्न रहेको आरोपमा वीरगञ्जबाट एक जना पक्राउ
चैत ५, २०८० सोमबार
बन्दुकसहित दुर्गा प्रसाईंका सुरक्षा गार्ड पक्राउ
चैत ५, २०८० सोमबार
मंगलबार यी मन्त्रको जप गर्नुहोस्, दुःखबाट मुक्ति मिल्नेछ
चैत ६, २०८० मंगलबार
साँच्चै नेपालले आफ्नो हित अनुभूत गने गरी भरतले सहकार्यको नीति अंगीकार गर्ला ?
चैत ६, २०८० मंगलबार
दैनिक हनुमान चालिसा पाठ गर्नुहोस्, जीवनमा आश्चर्यजनक लाभहरू पाउनुहुनेछ
चैत ६, २०८० मंगलबार
आचार्य चाणक्यका अनुसार यी व्यक्तिको घरमा पैसाको कमी हुँदैन
चैत ५, २०८० सोमबार
प्रजनन उपचारका लागि आयात गरिएको मानव अण्डामा हेमोफिलिया बी रोग
चैत ५, २०८० सोमबार
उपचारका लागि महरा थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना
चैत ५, २०८० सोमबार