मंगलबार , कार्तिक ११, २०७७

इटालियन फुजी स्याउको उत्पादन वृद्धि

इटालियन फुजी स्याउको उत्पादन वृद्धि

◊ विजय रावत

२९ असोज, खलङ्गा । जुम्लामा यस वर्ष स्थानीय जातको जुम्ली स्याउ नफले पनि इटालियन फुजी स्याउको राम्रो उतपादन भएको छ । गत वर्षभन्दा यो वर्ष सो जातको स्याउ उत्पादन दोब्बर भएको कृषि सहकारी फर्मका व्यवस्थापक सरोज शाहीले बताए । चार हजार हेक्टर जमिनमा लगाइएका एक हजार एकसय बिरुवाबाट करिब छ टनसम्म उक्त स्याउ उत्पादन भएको उल्लेख गर्दै उनले भने “फुजी स्याउबाट गत वर्ष रू दुई लाखभन्दा बढी आम्दानी भएकामा यो वर्ष आम्दानी दोब्बर भएको छ ।

” फर्ममा दुई टन गोल्डेन डेलिसियस र चार टन रेड डेलिसियस स्याउ उत्पादन भएको भएको छ । यहाँको स्थानीय जातको स्याउभन्दा फुजी स्याउ स्वादिलो हुने भएकोले यसको माग स्थानीय तथा बाहिरी बजारमा समेत हुने गरेको सो फर्मले जनाएको छ । जिल्लामै प्रतिकिलो रू एकसय ५० मा सो स्याउ बिक्री हुने गरे पनि मागअनुसार उत्पादन गर्न सकिएको छैन भने ग्रेडिङ मेसिन नहुँदा स्याउ प्याकिङमा ढिलाइ भएको व्यवस्थापक शााहीको भनाइ थियो । उक्त स्याउ उत्पादनका लागि प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना स्याउ सुपरजोन जुम्ला शाखाले सिँचाई तथा मलजलका लागि सहयोग उपलब्ध गराएको थियो भने कृषि विकास कार्यालयले आरी, सिकेचर र कार्टुनजस्ता सामग्राीको अनुदानमा उपलब्ध गराएको थियो ।

सत्ताइस हजार बिरुवाभित्र्याइँदै

चालू आर्थिक वर्षमा उक्त शाखाले २७ हजार इटालियन फुजी स्याउका बिरुवा उपलब्ध गराउने भएको छ । उक्त स्याउको माग र मूल्य बढेपछि जिल्लामा यस वर्ष २७ हजार बिरुवा ल्याएर स्थानीय किसानलाई ५० प्रतिशत अनुदानमा उपलब्ध गराउने कार्यक्रम रहेको शाखाप्रमुख नवराज भण्डारीले बताए । पाखो र भिरालो जमिनमा पनि स्याउ उत्पादन हुने भएकाले यसको माग बढेको उनको भनाइ थियो ।

नेपालमा उक्त स्याउको नर्सरी स्थापना हुन नसक्दा लाखौ रकम बाहिरिने भएकाले जिल्लामै हाईटेक नर्सरीमा ग्रफ्टिङ गरेर परीक्षण शुरू गरिएको छ । गत वर्ष मात्रै २५० बिरुवामा ग्राफ्टिङ गरिएकामा तिनमा फल लाग्ने वा नलाग्ने यो वर्ष टुँगो लाग्छ ।” परीक्षण सफल भएमा जुम्लामै प्रयाप्त नर्सरी स्थापना गरेर फुजी स्याउ विस्तार गरिने उक्त शाखाले जनाएको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

यसपालिको बडादशैंँ जो जहाँ जहाँ छौँ, त्यहीँत्यहीँ रहेर दशैँ मनाऔँ : प्रधानमन्त्री ओली यसपालिको बडादशैंँ जो जहाँ जहाँ छौँ, त्यहीँत्यहीँ रहेर दशैँ मनाऔँ : प्रधानमन्त्री ओली २० घण्टा पहिले
धरानमा उपचारका क्रममा ३ जना संक्रमितको मृत्यु धरानमा उपचारका क्रममा ३ जना संक्रमितको मृत्यु ११ घण्टा पहिले
चेन्नई आईपीएल इतिहासमा पहिलोपटक प्ले अफ पुग्न असफल चेन्नई आईपीएल इतिहासमा पहिलोपटक प्ले अफ पुग्न असफल १९ घण्टा पहिले
पर्वहरुले मुलुकमा आइपर्ने विपत्ति र प्रतिकूलताको सामना गर्ने सामथ्र्य प्रदान गरून् पर्वहरुले मुलुकमा आइपर्ने विपत्ति र प्रतिकूलताको सामना गर्ने सामथ्र्य प्रदान गरून् १९ घण्टा पहिले
पाकिस्तानमा ४.८ म्याग्नीच्यूडको भूकम्प पाकिस्तानमा ४.८ म्याग्नीच्यूडको भूकम्प १० घण्टा पहिले
प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी राधिका शाक्यलाई टीका प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी राधिका शाक्यलाई टीका १२ घण्टा पहिले
अब कांग्रेस र देश जोगाउने जिम्मा डा. शेखर कोइरालाको अब कांग्रेस र देश जोगाउने जिम्मा डा. शेखर कोइरालाको ११ घण्टा पहिले
दशैँले नेपालीहरुको राम्रो स्वास्थ्य, समृद्धि र भाग्य ल्याओस् : राजदूत क्वात्रा दशैँले नेपालीहरुको राम्रो स्वास्थ्य, समृद्धि र भाग्य ल्याओस् : राजदूत क्वात्रा १३ घण्टा पहिले
दशैँभरि कोभिड अस्पताल खुल्ला रहने दशैँभरि कोभिड अस्पताल खुल्ला रहने ५ दिन पहिले
अब नेपालमै थुप्रै रोजगारीको सिर्जना हुन्छ : मन्त्री भट्ट अब नेपालमै थुप्रै रोजगारीको सिर्जना हुन्छ : मन्त्री भट्ट ३ हप्ता पहिले
सप्तरीमा कोरोनाबाट पछिल्लो तीन महिनामा २२ जनाको मृत्यु सप्तरीमा कोरोनाबाट पछिल्लो तीन महिनामा २२ जनाको मृत्यु १ हप्ता पहिले
समग्रद्वारा २१ बुहारीलाई व्यवसायको लागि सामग्री प्रदान समग्रद्वारा २१ बुहारीलाई व्यवसायको लागि सामग्री प्रदान २ हप्ता पहिले
जैविक विविधता संरक्षणका लागि दृढताका साथ काम गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड जैविक विविधता संरक्षणका लागि दृढताका साथ काम गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड ४ हप्ता पहिले
खसीबोका बिक्री हुन गाह्रो भो, किसान चिन्तित ! खसीबोका बिक्री हुन गाह्रो भो, किसान चिन्तित ! २ हप्ता पहिले
स्वास्थ्य सुरक्षाका सबै मापदण्डको पालना गर्दै पर्व मनाउन अध्यक्ष दाहालको अपिल स्वास्थ्य सुरक्षाका सबै मापदण्डको पालना गर्दै पर्व मनाउन अध्यक्ष दाहालको अपिल २० घण्टा पहिले
दमक नगरपालिकाका नगर प्रमुख ओलीलाई कोरोना पुष्टि दमक नगरपालिकाका नगर प्रमुख ओलीलाई कोरोना पुष्टि ३ हप्ता पहिले