कर्णालीमा चाडपर्व सुरक्षार्थ प्रहरी परिचालन
नेपालबहस संवाददाता
असोज २९, २०७७ बिहिबार १८:४०:५२
२९ असोज, कर्णाली । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले चाडपर्व सुरक्षाका लागि तीन हजार ७८९ प्रहरी परिचालन गर्ने भएको छ । नेपालीको महान चाड दशैँ, तिहार, छठ पर्वका अवसरमा हुनसक्ने अवाञ्छित र आपराधिक गतिविधि नियन्त्रण तथा सडक सुशासन कायम गर्न प्रदेश प्रहरी कार्यालयले प्रहरी परिचालन गर्ने भएको हो ।
प्रदेश प्रहरीसहित मातहतका जिप्रकाबाट निगरानी तथा सूचना सङ्कलनका लागि सादा पोशाकमा समेत गरी जम्मा तीन हजार ७८९ प्रहरी जनशक्ति खटाइएको प्रदेश प्रहरी कार्यालयका सहप्रवक्ता एवं प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए ।
“सुरक्षा कार्ययोजनाअन्तर्गत सडक सुशासन सार्वजनिक यातायातका साधनको सहज आवागमन र दुर्घटना न्यूनीकरणका लागि सीसीटीभी, लिडर स्पिड राडार गनलगायतका प्रविधिहरुको उच्चतम प्रयोग गरिनेछ”, प्रहरी उपरीक्षक श्रेष्ठले भने, “आइपर्ने विपद्बाट बचाउन क्यूआराटी, रिजर्भ र उद्धार टोलीसमेतको व्यवस्था गरिएको छ ।”
त्यसैगरी खाद्यान्नलगायत अत्यावश्यक वस्तुको मिसावट, कालोबजारी रोकथाम तथा सहज आपूर्ति व्यवस्था, पकेटमारी, चोरी, लुटपाट, गुण्डागर्दी र ठगी नियन्त्रण, सार्वजनिक सवारीमा यात्रा गर्दा यात्रु ठगिन नदिने र सामान झोला छुटी हराउन गएमा खोजतलास गर्ने गराउने बैंक, वित्तीय संस्था तथा आर्थिक कारोबार बढी हुने स्थानको सुरक्षा व्यवस्था गरिने उनले बताए ।
१० कमाण्ड सेन्टर स्थापना
कर्णाली प्रदेश तथा मातहत कार्यालयमा चाडपर्व अवधिभर अवाञ्छित, आपराधिक गतिविधि तथा सवारी दुर्घटना नियन्त्रण गर्न प्रदेश प्रहरी कार्यालयसहित मातहत जिल्लामा एक÷एक वटा कमाण्ड सेन्टरको स्थापना गरिएको छ । त्यसले यो अवधिमा आइपर्ने सबै गतिविधि रेखेदेखको कमाण्ड गर्ने प्रवक्ता श्रेष्ठले बताए।
प्रदेश प्रहरीले कमाण्ड सेन्टरमार्फत चाडपर्वको अवसरमा हुनसक्ने चोरी तस्करी तथा लागुऔषधको ओसारपसार, जुवातास, डाईस,’लङगुर गुर्जा० कौडा खेल्ने पटकालगायत अन्य विष्फोटक पदार्थको आयात र प्रयोग, तिहारको समयमा हुनसक्ने झै–झगडा र आगलागी जस्ता सम्भावित अन्य विवादको पूर्णतया रोकथाम नियन्त्रण कार्य अघि बढाएको छ ।
मोबाइल गस्ती हुने
प्रहरीले चाडपर्व अवधिभर राजमार्ग क्षेत्रमा सुरक्षा तथा ग्रामीण ईलाकाका एक÷एक ठाउँमा मोबाइल गस्तीसमेत गर्ने भएको छ । प्रदेशमा नियमित चेक प्वाइन्ट २८, आकस्मिक चेक प्वाइन्ट ट्राफिकसहित ३९, यात्रु सहायता कक्षा २४, पिकेट ७४, झै–झगडा, चोरी, लुटपाट, जुवातास, मादक पदार्थ सेवन नियन्त्रण ६७, धार्मिक तथा पर्यटकीय स्थल सुरक्षा २०, बजार अनुगमन टोली १७ र बैंक, वित्तीय संस्था तथा आर्थिक कारोबार बढी हुने ३१ स्थान पनि सुरक्षा व्यवस्था गरिएको प्रहरी उपरीक्षक श्रेष्ठको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
खिया लागेको जस्तामुनि मालढुंगाका प्रहरीको बास
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार