मंगलबार , कार्तिक ४, २०७७

दशै तिहारका लागि एक करोडका खसीबोका विक्री गर्दै सहकारी

दशै तिहारका लागि एक करोडका खसीबोका विक्री गर्दै सहकारी

२९ असोज, गलकोट । नेपालीको महान पर्व दशैँ तिहार नजिकिएसँगै च्याङ्ग्रा, खसी र बोकाको जोहो गर्न थालिएको छ । दशैँ तिहारमा मासुका लागि प्रयोग गरिने च्याङ्ग्राको कम आयात र मूल्यमा वृद्धि भएका कारण नागरिकको ध्यान खसी बोकामा जान थालेको छ ।

बागलुङको एक गाउँमा दशैँ र तिहारका लागि बिक्रीका लागि एक हजार खसी बोका तयार गरिएका छन् । नजिकिँदै गरेको दशैँ तिहारलाई लक्षित गरी काठेखोला गाउँपालिका–४ तंग्रामका महिलाहरुले एक हजार खसी बोका बिक्रीका लागि तयार गरेका हुन् । तंग्रामका दुई सहकारीमा आवद्ध महिलाले खसी तथा बोका बिक्रीबाट वार्षिक रु दुई करोड भित्र्याउँदै आएका छन् । जसमध्ये दशैँ तिहारमा मात्रै करिब रु एक करोडका खसीबोको कारोवार गर्दै आएका छन् ।

तंग्राममा सञ्चालित सप्तरङ्गी सामाजिक उद्यमी महिला सहकारी संस्था र वसन्त सामाजिक उद्यमी महिला सहकारी संस्थामा आबद्ध महिलाले सहकारीमार्फत विगत छ वर्षदेखि बाख्रापालन व्यवसाय गर्दै आएका छन् ।

दशैँ तिहारका लागि सप्तरङ्गी सहकारीले ३९५ र वसन्त सहकारीले ६०० खसीबोका गरी जम्मा ९९५ खसीबोका बिक्रीका लागि तयार भएका जनाएका छन् । दशैँ तिहार नजिकिएसँगै अहिले बागलुङ बजारमा धमाधम खसीबोका बिक्रीका लागि पठाउन थालिएको वसन्त सहकारी संस्थाका प्रबन्धक हेमा विकले जानकारी दिए । “वर्षभरीमा हाम्रो खसीबोकाको बढी व्यापार दशैँ तिहारमा हुन्छ”, विकले भने, “गाउँमा उत्पादन भएका खसीबोका सहकारीमार्फत बजारीकरण गरिन्छ, कूल खसीबोकाको कारोवारमध्ये आधा कारोवार दशैँ तिहार लक्षित हुने गरेको छ ।”

दुई सहकारीमा आबद्ध महिला शेयर सदस्यले उत्पादन गरेका खसीबोका सहकारीमार्फत बागलुङ बजारमा बिक्री गरिँदै आएको सप्तरङ्गी सामाजिक उद्यमी महिला सहकारीका प्रबन्धक मनकुमारी पुनले जानकारी दिए । दुवै सहकारीले आफ्ना सदस्यहरुको खसीबोका प्रतिकेजी रु ४५० मा सङ्कलन गर्ने र रु ४५५ मा बिक्री गर्ने गरेका छन् । प्रतिकिलो जम्मा रु पाँच बढी लिएर सदस्यहरुका उत्पादन सङ्कलन गरी बजारमा लगेर बिक्री वितरणको व्यवस्था गरिएका कारण उत्पादन गर्ने महिलालाई सहज भएको छ । सहकारीका शेयर सदस्यमध्ये एक वर्षमा पाँच देखि ३० सम्म खसीबोका उत्पादन गर्दै आएका सप्तरङ्गी सामाजिक उद्यमी महिला सहकारीका प्रबन्धक पुनले बताए ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नेपालगञ्जको ‘वाटरपार्क’ छिट्टै सञ्चालनमा आउने नेपालगञ्जको ‘वाटरपार्क’ छिट्टै सञ्चालनमा आउने ३ हप्ता पहिले
नेपालबहसमा प्रकाशित समाचारको प्रभाव:- अल्मलियो थप गर्न खोजिएको डीआईजी दरबन्दी नेपालबहसमा प्रकाशित समाचारको प्रभाव:- अल्मलियो थप गर्न खोजिएको डीआईजी दरबन्दी ३ हप्ता पहिले
भक्तपुरमा पीसीआर परीक्षणमा ‘भीटिएम’ किट अभाव भक्तपुरमा पीसीआर परीक्षणमा ‘भीटिएम’ किट अभाव ३ हप्ता पहिले
घाँस काट्न गएका संगम फर्किएनन्, बाघले आधा खाएको शव भेटियो ! घाँस काट्न गएका संगम फर्किएनन्, बाघले आधा खाएको शव भेटियो ! ३ हप्ता पहिले
जाजरकोटका सात स्थानीय तहमा महामारी नियन्त्रणमा ६ करोड खर्च जाजरकोटका सात स्थानीय तहमा महामारी नियन्त्रणमा ६ करोड खर्च १ हप्ता पहिले
प्रधानमन्त्री निवासको सुरक्षामा खटिएका २८ सुरक्षाकर्मीमा कोरोना प्रधानमन्त्री निवासको सुरक्षामा खटिएका २८ सुरक्षाकर्मीमा कोरोना २ हप्ता पहिले
नेपालमा एकैदिन ५ हजार ८ जनालाई कोरोना संक्रमण पुष्टि नेपालमा एकैदिन ५ हजार ८ जनालाई कोरोना संक्रमण पुष्टि १ हप्ता पहिले
कार्यविधिले पूर्णता पाउने वित्तिकै घर निर्माणको कामले तिब्रता पाउने कार्यविधिले पूर्णता पाउने वित्तिकै घर निर्माणको कामले तिब्रता पाउने २ हप्ता पहिले