सोमबार , कार्तिक १०, २०७७

नयाँबजार ग्याँस सिलिण्डर विष्फोटमा घाइतेको संख्या ११ पुग्यो

नयाँबजार ग्याँस सिलिण्डर विष्फोटमा घाइतेको संख्या ११ पुग्यो

२९ असोज, काठमाडौं । काठमाडौंको नयाँ बजारमा ग्याँस विष्फोट हुँदा ११ जना घाइते भएका छन् । फलफूल चोकमा रहेको निलकुमारी क्षेत्रीको किरियापुत्री बसेको घरमा विष्फोट हुँदा ११ जना घाइते भएका प्रहरीले जनाएको छ ।

सुरुमा भुइँ तलाको भ¥याङ छेउमा ग्यास बाल्ने क्रममा लिक भएर आगलागी भएको थियो । नजिकै रहेको अर्को सिलिण्डर पनि विष्फोट भएको थियो ।

विष्फोटले घरको तलाको भित्ता चर्किनुका साथै भत्किएको छ । विस्फोटबाट ठूलो क्षति भएको छ । घाइतेमध्ये ४ जनालाई उपचारका लागि मनमोहन अस्पताल भर्ना गरिएको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय