आइतबार , कार्तिक ९, २०७७

रामेछापमा आन्तरिक राजस्व कार्यालयको शाखा

रामेछापमा आन्तरिक राजस्व कार्यालयको शाखा

२९ असोज, रामेछाप । जिल्ला सदरमुकाम मन्थलीमा आन्तरिक राजस्व कार्यालयको शाखा सञ्चालन भएपछि यसअघि काभ्रेको धुलिखेलबाट सेवा लिनपर्ने रामेछापवासीको बाध्यता हटेको छ । जिल्लामा शाखा कार्यालय सञ्चालन भएपछि करिब पाँच हजार ७०० करदातालाई १०० किलोमिटरको यात्रा गरेर आन्तरिक राजस्व कार्यालय धुलिखेल जानु नपर्ने भएको छ ।

करदाता सेवा कार्यालय रामेछापका प्रमुख तुलसीराम पन्थलीका अनुसार जिल्लाबाट सेवा शुरु भएसँगै करदाता सङ्ख्या थपिने र साना व्यवसायी पनि करको दायरामा आउने हुँदा अर्को वर्ष करदाता हजार नाघ्ने आनुमान गरिएको छ ।

उद्योग वाणिज्य संघ रामेछापका अध्यक्ष केशव घिमिरेले राजस्व तिर्नका लागि रामेछाप उद्योग वाणिज्यको तर्फबाट सबै खाले सहयोग हुने बताए । “पहिला पनि राजस्व तिर्नका लागि आवश्यक सहयोग गरेकै थियौँ, अब पनि सबै व्यवसायीलाई करको दायरामा ल्याउन सहयोग गर्छौ”, उनले भने ।

मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेतले कर तिर्नका लागि धुलिखेल जानुपर्ने बाध्यता हटेको बताए । “कार्यालय अब नागरिकको हित हुनेगरी सधैँ सेवामा समर्पित हुनुपर्छ”, उनले भने । राजस्व कार्यालय सञ्चालनाम आएसँगै व्यक्तिगत पान, व्यवसायिक पान, भ्याट, रजिष्टे«शन गर्ने, व्यवसाय दर्ता, खारेज, करचुक्ता प्रमाणपत्र प्रदान गर्ने, कर विवरण, आय विवरण, अन्तःशुल्क, विवरण बुझाउनेलगायतका सेवा लिन जिल्ला बाहिर जानु पर्दैन ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय