बिहिबार , कार्तिक ६, २०७७

थाईल्याण्डमा सङ्कटकाल घोषणा, केही प्रभावशाली नेतासहित २२ पक्राउ

थाईल्याण्डमा सङ्कटकाल घोषणा, केही प्रभावशाली नेतासहित २२ पक्राउ

२९ असोज, बैंकक । थाई नरेश जर्मनीबाट फर्किने क्रममा प्रजातान्त्रिक अधिकारका लागि भन्दै आन्दोलनरत विद्यार्थी समूहले राजाविरूद्ध नाराबाजी गरेका छन् । राजधानी बैंककमा नै राजाविरोधी नारा लागेपछि सरकारले देशभर सङ्कटकालको घोषणा गरेको छ ।

शान्तिपूर्ण प्रदर्शन तथा ठूला भेला रोक्न कडा सङ्कटकालीन आदेश जारी गरेको विपक्षी नेताहरूले बताएका छन् । विपक्षी समूहले प्रहरीले केही प्रभावशाली नेतासहित २० भन्दा बढी व्यक्तिलाई पक्राउ गरेको बताएको छ । नागरिक अधिकारको लागि भन्दै उनीहरूले बिहीबार बिहानैदेखि प्रदर्शन गरेका थिए ।

प्रहरीले केही प्रदर्शनकारीलाई पक्राउ गरिएको स्वीकार गरेको छ । राष्ट्रिय प्रहरी प्रवक्ता यिङग्युस थप्जुमनोङले भने, “आन्दोलनकारीले आफ्ना गतिविधिलाई हिंसात्मक बनाएपछि शान्ति तथा सुव्यवस्था कायम गर्न कम्तीमा २२ जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिई प्रहरी हिरासतमा राखिएको छ । आवश्यक अनुसनधानपछि उनीहरूलाई रिहा गरिनेछ ।”

थाईल्याण्डमा राजतन्त्र र राजपरिवारविरुद्ध बोल्न वा लेख्न नपाइने कानुनी व्यवस्था भएपनि प्रदर्शनकारीहरूले राजा महा वाचिरालङ्कनविरूद्ध नारावाजी गरेपछि सरकारले शान्ति र सुव्यवस्था कायम गर्न सङ्कटकाल लगाउनुपरेको बताएको छ ।

युवाहरूले प्रजातन्त्रका लागि भनी गर्दै आएको आन्दोलन थप हिंसात्मक बन्ने देखेपछि देशमा सङ्कटकाल लगाउनुको विकल्प नदेखिएको सरकारी अधिकारीले दावी गरेका छन् । प्रदर्शनकारीहरूले प्रधानमन्त्रीको राजीनामा र राजाको अधिकार कटौतीको माग गर्दै प्रदर्शन गरेका थिए भने सरकारले देशमा शान्ति र सुव्यवस्था कायम गर्न सङ्कटकाल लगाउनुपरेको बताएको छ ।

हजारौं विद्यार्थी तथा सरकारविरोधी कार्यकर्ता बैंककमा भेला भई शाही मोटर गुड्ने मार्गमा नै अवरुद्ध पार्ने उद्देश्यले सडकमा उत्रिएर तीन औला उठाएर साङ्केतिक रूपमा विरोध प्रदर्शन गर्नुका साथै राजा र सरकारका अधिकार कटौतिासमेतको पक्षमा नाराबाजी गरेका थिए ।

प्रदर्शनकारीले नागरिकका अधिकारका लागि बैककका सडकमा ओर्लिन र आन्दोलनलाई थप सशक्त पार्न आह्वान गरेका छन् भने सरकारले उनीहरूलाई प्रदर्शनका लागि भेला हुन नदिने रणनीतिस्वरूप सङ्कटकालको घोषणा गरेको हो । एएफपी

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

प्रचण्ड-ओलीसँग मिलेर कांग्रेसले भ्रष्टाचार गरेको प्रमाण दिन बाबुरामलाई चुनौति प्रचण्ड-ओलीसँग मिलेर कांग्रेसले भ्रष्टाचार गरेको प्रमाण दिन बाबुरामलाई चुनौति १ हप्ता पहिले
बजार अनुगमनबाट बरामद प्याज खाद्य कम्पनीले बिक्री गर्ने बजार अनुगमनबाट बरामद प्याज खाद्य कम्पनीले बिक्री गर्ने ४ हप्ता पहिले
एघार फरार अभियुक्त पक्राउ एघार फरार अभियुक्त पक्राउ ३ हप्ता पहिले
सनराइज बैंक र आईएमई मोटर्सबीच सम्झौता, अशोक लिल्याण्ड ब्राण्डको गाडी खरिदमा ६० प्रतिशतसम्म कर्जा सुविधा सनराइज बैंक र आईएमई मोटर्सबीच सम्झौता, अशोक लिल्याण्ड ब्राण्डको गाडी खरिदमा ६० प्रतिशतसम्म कर्जा सुविधा २ हप्ता पहिले
रुसका विपक्षी नेता नाभाल्नी जर्मन अस्पतालबाट डिस्चार्ज रुसका विपक्षी नेता नाभाल्नी जर्मन अस्पतालबाट डिस्चार्ज ४ हप्ता पहिले
सहुलियत दरमा चिनी र नुनको बिक्री बितरण शुरु सहुलियत दरमा चिनी र नुनको बिक्री बितरण शुरु ३ दिन पहिले
गणतन्त्र भनेको सुधारिएको पञ्चायत त हैन ? गणतन्त्र भनेको सुधारिएको पञ्चायत त हैन ? २ हप्ता पहिले
कोरियन स्याङयोङ्ग गाडीमा ५ लाखसम्मको छुट, स्वास्थ्यकर्मी र प्रहरीलाई थप १ लाख कोरियन स्याङयोङ्ग गाडीमा ५ लाखसम्मको छुट, स्वास्थ्यकर्मी र प्रहरीलाई थप १ लाख ४ हप्ता पहिले