बिहिबार , कार्तिक ६, २०७७

जिल्ला प्रशासन कार्यालय पर्सामा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर सञ्चालन

जिल्ला प्रशासन कार्यालय पर्सामा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर सञ्चालन

२९ असोज, बीरगञ्ज । प्रभु बैंकले आफ्नाे सेवा विस्तार गर्ने क्रममा पर्सा जिल्लाको बीरगन्ज महानगरपालिकास्थित वडा नं ०९ जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । पर्सास्थित जिल्ला प्रशासन कार्यलयमा स्थापित एक्स्टेन्सन काउण्टरकाआज असोज २९ गतेदेखि कारोबार सुरु भएको हो ।

नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको प्रभु बैंकले जिल्ला प्रशासन कार्यलयमा पनि आफ्नाे सेवा विस्तार गर्न सफल भएको छ ।

प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र जिल्ला प्रशासन कार्यलयको काम गर्न सहज र सरल हुने भएको छ ।

प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

प्रभु बैंकले २०९ वटा शाखा कार्यालय, १९४ वटा ब्त्ः, ५४ वटा एक्स्टेन्सन काउण्टर तथा १७ वटा शाखारहित बैंकिङ्ग सेवामार्पmत् अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।

 

 

प्रतिक्रिया

पढ्न लाग्ने समय : 1 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय