शनिबार , कार्तिक ८, २०७७

साताको अन्तिम दिन सामान्य मात्र बृद्धि भएको बजारको प्राविधिक विश्लेषणले के देखायो ?

साताको अन्तिम दिन सामान्य मात्र बृद्धि भएको बजारको प्राविधिक विश्लेषणले के देखायो ?

२९ असोज, काठमाडाैं । आज शेयरबजारमा सामान्य मात्र वृद्धि देखिएको छ । नेप्से परिसूचक १ दशमलव २९ अंकले वृद्धि हुँदै १५६२ दशमलव ४६ को विन्दुमा बन्द भएको छ ।

आज १९६ कम्पनीको शेयर कारोवार हुँदा १ अर्ब ४२ करोडको शेयर कारोवार भएको छ । नेकपाका महासचिव विष्णु पौडेल अर्थमन्त्री भएको खबरसँगै सुरुवाती समयमा लगानीकर्ताहरु आकर्षित भएपनि त्यो आकर्षण धेरै बेर टिक्न सकेन् ।

नेप्से परिसूचक शुन्य दशमलव ०८ प्रतिशतले वृद्धि भएको छ । बजार १५६४ दशमलव ६९ को विन्दुमा खुलेकोमा बजारको उच्च विन्दु १५७९ दशमलव ५६ रहेको थियो । बजारले १५६० दशमलव ६९ को न्यून विन्दु समातेको थियो । आज बजारमा बिक्रीकर्ता नै हावी भएको देखिन्छ।

आज सर्वाधिक कारोवार हुने ५ कम्पनीहरु :

 

आज सर्वाधिक कमाउने ५ कम्पनीहरु :

आज सर्वाधिक गुमाउने ५ कम्पनीहरु :

✍ प्राविधिक बिश्लेषण :
प्रतिरोध २ः १६१५ । प्रतिरोध १ः १५८० । टेवा १ः १५४० । टेवा २ः १५००

✍ आज शेयर कारोबारको पहिलो समयमा नेप्से बढे पनि बजार खुलेको ४० मिनटमा नै बजार घट्यो, त्यसपछि बजार प्रवृत्तिहिन रहेको थियो । आजको मैनबत्तीले “इन्भर्टेड ह्यामर” मैनबत्तीको आकृति बनाएको छ, यसले बजारको प्रवृत्तिमा परिवर्तन हुन सक्ने संकेत गरे पनि अर्को दिनको मैनबत्तीलाई पनि बिश्लेषण गर्नु पर्ने हन्छ । आजको परिमाण भने प्रभावकारी देखिन्दैन ।

✍ दैनिकी अवधिमा “आरएसआई” ५४ दशमलब ४२ को बिन्दुमा छ। यसको प्रवृत्तिले बजारमा विक्रेताको चाप भए पनि बजार घट्दो प्रवृत्तिमा नरहेको जानकारी गराएको छ ।

✍ “एडीएक्स” र जोड ÷ बिजोड “डाइरेक्सनल इन्डेक्स”हरुले पनि बजारमा विक्रेताको चाप रहेको जानकारी गराएको छ।

✍ “अन ब्यालेन्स भल्यूम” ले बजारमा माग घट्न थालेको जानकारी गराएको छ।

✍ बजार लगभग तीन सातादेखि प्रवृत्तिहिन रहेको देखिन्छ र हाल बजार १५५० को टेवा क्षेत्र नजिक रहेको देखिए पनि बजार बढी हाल्ने संकेत भने गरेको नदेखिएकोले बजार प्रवेश गर्न अघि सूचकहरुको सकारात्मक संकेत पर्खनु उपयुक्त देखिन्छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 1 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नवरात्रको सातौँ दिन विधिपूर्वक गरियो कालरात्रि देवीको पूजाराधना नवरात्रको सातौँ दिन विधिपूर्वक गरियो कालरात्रि देवीको पूजाराधना १३ घण्टा पहिले
मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव अस्वीकृतः कँडेल समूहका १४ जनाद्वारा बहिष्कार मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव अस्वीकृतः कँडेल समूहका १४ जनाद्वारा बहिष्कार १८ घण्टा पहिले
श्रीस्वस्थानी व्रतकथामा आधारित खोकना नाच शुरू श्रीस्वस्थानी व्रतकथामा आधारित खोकना नाच शुरू २१ घण्टा पहिले
रुकुममा जिल्ला स्तरिय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न रुकुममा जिल्ला स्तरिय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न ११ घण्टा पहिले
म तिमीमा रोमाण्टिक मुडमा देखिए प्रशान्त र निष्ठा म तिमीमा रोमाण्टिक मुडमा देखिए प्रशान्त र निष्ठा ११ घण्टा पहिले
आइसिटी अवार्ड २०२० मा उत्कृष्ट ५ को घोषणा, कार्तिक १२ गतेदेखि पब्लिक भोटिङ शुरू हुदै आइसिटी अवार्ड २०२० मा उत्कृष्ट ५ को घोषणा, कार्तिक १२ गतेदेखि पब्लिक भोटिङ शुरू हुदै ९ घण्टा पहिले
आर्ट्माण्डुको सांस्कृतिक विविधता झल्काउने ‘याक्थुङ्मा कान्छी’ सार्वजनिक आर्ट्माण्डुको सांस्कृतिक विविधता झल्काउने ‘याक्थुङ्मा कान्छी’ सार्वजनिक ९ घण्टा पहिले
सेलिब्रेटी नेपालको चलचित्र ‘चिलगाडी’ अर्को वर्ष दशैंमा प्रदर्शन गर्ने लक्ष्य सेलिब्रेटी नेपालको चलचित्र ‘चिलगाडी’ अर्को वर्ष दशैंमा प्रदर्शन गर्ने लक्ष्य ११ घण्टा पहिले