शनिबार , कार्तिक १५, २०७७

समग्रद्वारा २१ बुहारीलाई व्यवसायको लागि सामग्री प्रदान

समग्रद्वारा २१ बुहारीलाई व्यवसायको लागि सामग्री प्रदान
फोटो क्याप्सन : बुहारीहरुलाई व्यवसायीक सामग्री प्रदान गर्दै ।

◊ धीरुभाइ

२९ असोज, सप्तरी । स्वरोजगार बनाइ घरको आर्थिक जिम्मेबारी निर्वाह गर्न २१ जना अति विपन्न सीमान्तकृत बुहारीहरुको नेतृत्वमा व्यवसाय गर्न बिहीबार विभिन्न सामग्री प्रदान गरेको छ । सीमान्तकृत बुहारीले रोजेको व्यवसायमा सहयोग पु¥याउन सकिने सामग्री प्रदान गरिएको हो ।

बुहारीको आर्थिक रुपमा अबल बनाउन श्रीमान, ससुरा, सासुको भूमिका महत्वपूर्ण रहेकोले उनीहरुको उपस्थितिमा ३० हजार मूल्य बजारको व्यवसायीक सामग्री प्रदान गरेको छ ।

परिवारमा एकअर्काको काम, व्यववहार, रोजगार लगायतलाई सम्मान नगर्दा कलह उत्पन्न हुने गरेको अवस्थालाई दृष्टिगत गरी राजविराज नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकाका २१ जना बुहारीलाई आयआर्जन वृद्धि विकासको लागि व्यवसायीक सामग्री प्रदान गरेको जिविकोपार्जनका सल्लाहकार रामनाथ साहले बताए ।

भीएसओ नेपालसँगको साझेदारीमा समग्र जनउत्थान केन्द्र लहानले राजविराज नगरपालिका वार्ड नम्बर ६ पुर्नीपोखरी टोलका १०, तिलाठी कोइलाडी गाउँपालिका वार्ड नम्बर ५ का ११ का गरी २१ बुहारी परिवारलाई उक्त सामग्री प्रदान गरेको भीएसओ नेपालका मनिषा भण्डारीले बताइन ।

कोरोना भाइरस संक्रमण फैलिन नदिन लकडाउन(बन्दाबन्दी) तथा निषेधाज्ञाबाट अतिप्रभावित विपन्न सीमान्तकृत परिवारका बुहारीलाई युकेएडको आर्थिक सहयोगमा भीएसओ नेपाल र समग्र जनउत्थान केन्द्रले सञ्चालन गरेको सहज परियोजना अन्तर्गत परिवार केन्द्रित पद्धती भित्रमध्येका आर्थिक सशक्तिकरण तथा आय आर्जनको लागि प्रति बुहारीलाई ३० हजार मूल्य बराबरको कस्मेटिक, तरकारी, गाईपालन, सिलाइ कटाइ, किराना पसलको लागि आवश्यक सामग्री प्रदान गरेको सामाजिक मनोपरामर्शकर्ता रेणु कर्णले बताइन ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय