शनिबार , कार्तिक ८, २०७७

मानव अधिकार उल्लङ्घनकर्ताको सूची सार्वजनिक

मानव अधिकार उल्लङ्घनकर्ताको सूची सार्वजनिक

२९ असोज, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले नेपाल सरकारका उच्चाधिकारीसहित दुई सय ६८ जना मानव अधिकार उल्लङ्घनकर्ताको नामावली आज सार्वजनिक गरेको छ ।

आयोगका अध्यक्ष अनुपराज शर्माले विगत बीस वर्षमा गरेका सिफारिसको कार्यान्वयन अवस्थाको प्रतिवेदनबाट उक्त सङ्ख्याका उलङ्घनर्ताको सूची सार्वजनिक गरेकाे हाे । हालसम्मका एक हजार १९५ सिफारिस र कार्यान्वयनको अवस्थाको मूल्याङ्कनका आधारमा ती नाम तय गरिएको आयोगका प्रवक्ता वेद भट्टराईले जानकारी दिए ।

प्रतिवेदनले नेपाल सरकारका सचिवसहित निजामती सेवाका कर्मचारी १६, नेपाल प्रहरीका ९८, नेपाली सेनाका ८५, सशस्त्र प्रहरी बलका आठ, तत्कालीन नेकपा ‘माओवादी’  का ६५, शिक्षक चार, चिकित्सक दुईसहित सुराकी, प्रतिकार समूह, सेवागृह सञ्चालक एवम् कैदी समेत थप सात र एकजना मानव अधिकारकर्मीलाई उलङ्कर्तामा समावेश गरेको छ ।

प्रवक्ता भट्टराईका अनुसार तीमध्ये हालसम्म ३० जनालाई मात्र कानूनी कारबाही भएको र बाँकी २५६ जना माथि कुनै कारबाही नभएको प्रतिवेदनले देखाएको छ । सिफारिस गरिएका उजुरीमध्ये सबैभन्दा बढी हत्याका घटनासँग सम्बन्धित र सबैभन्दा कम शरणार्थीको अधिकारसँग सम्बन्धित छन् ।

प्रतिवेदमा आयोगबाट भएका ३४ प्रकृतिका विभिन्न सिफारिसमा ११ वटा निकायको नाम किटान गरी तिनलाई मानव अधिकार उल्लङ्घनकर्ताकाे रुपमा पहिचान गरिएको छ । आयोगका सिफारिस मध्ये १६३ वटा पूर्ण कार्यान्वयन भएका छन् भने ४४५ वटा सिफारिस आंशिक रुपमा कार्यान्वयन भएका छन् । यस्तै ५८७ वटा सिफारिस अझै कार्यान्वयन हुन सकेका छैनन् ।

पीडितको जीवन, स्वतन्त्रता, समानता र मर्यादाको विषयलाई अधिकांशत : मौद्रिक क्षतिपूर्तिबाट मात्र टुङ्ग्याउने प्रवृत्तिले एकातिर पीडितको पूर्ण न्यायप्राप्तिको अधिकार संकुचन भएको र अर्कातर्फ दण्डहीनताको स्थितिले बढावा पाएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनले आयोगका वार्षिक प्रतिवेदनमाथि सङ्घीय संसद र प्रदेश सभामा छलफल हुन, राजनीतिक दलका घोषणापत्रमा उल्लेख भएका मानव अधिकारप्रतिको प्रतिबद्धता कार्यान्वयन हुन, दण्डहीनताको स्थिति अन्त्य गरी मानवअधिकारको सम्मान, संरक्षण तथा परिपूर्ति गराउन सरकारलाई आवश्यक निर्देशन दिन विषयगत संसदीय समितिलाई आग्रह गरेको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 1 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

आर्ट्माण्डुको सांस्कृतिक विविधता झल्काउने ‘याक्थुङ्मा कान्छी’ सार्वजनिक आर्ट्माण्डुको सांस्कृतिक विविधता झल्काउने ‘याक्थुङ्मा कान्छी’ सार्वजनिक ९ घण्टा पहिले
मेयर रोजगार कार्यक्रमबाट १० युवाले पाए रोजगारी मेयर रोजगार कार्यक्रमबाट १० युवाले पाए रोजगारी २१ घण्टा पहिले
चितवनमा बदनाम प्रहरीलाई घुमुवाको जिम्मेवारी, एसपी बिवादमा तानिए चितवनमा बदनाम प्रहरीलाई घुमुवाको जिम्मेवारी, एसपी बिवादमा तानिए २ घण्टा पहिले
नवरात्रको सातौँ दिन कालरात्रि देवीको पूजा आराधना गरिँदै नवरात्रको सातौँ दिन कालरात्रि देवीको पूजा आराधना गरिँदै २३ घण्टा पहिले
रुसले निर्माण गरेको कोभिड १९ विरुद्धको खोप भारतमा परीक्षण गरिने रुसले निर्माण गरेको कोभिड १९ विरुद्धको खोप भारतमा परीक्षण गरिने १२ घण्टा पहिले
रुकुममा जिल्ला स्तरिय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न रुकुममा जिल्ला स्तरिय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न ११ घण्टा पहिले
सैनिक मञ्चमा नवरात्रिका धुन बजाउँदै सेना सैनिक मञ्चमा नवरात्रिका धुन बजाउँदै सेना १३ घण्टा पहिले
पाकिस्तानका पूर्व प्रधानमन्त्री सरिफविरुद्ध फेरि अर्को मुद्दा दर्ता पाकिस्तानका पूर्व प्रधानमन्त्री सरिफविरुद्ध फेरि अर्को मुद्दा दर्ता १२ घण्टा पहिले