शनिबार , कार्तिक ८, २०७७

नदीजन्य पदार्थ उत्खनन् गर्दै गरेको अवस्थामा पाँच ट्याक्टर नियन्त्रणमा

नदीजन्य पदार्थ उत्खनन् गर्दै गरेको अवस्थामा पाँच ट्याक्टर नियन्त्रणमा

२९ असोज, दमौली । अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गर्दै गरेको अवस्थामा प्रहरीले आज पाँच वटा ट्याक्टर नियन्त्रणमा लिएको छ । तनहुँको व्यास नगरपालिका–५ मादी पुल नजिक तीन सय मिटर पश्चिमतर्फको बगरबाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गर्दै गरेको अवस्थामा पाँच वटा ट्याक्टर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाका अनुसार ग १ त ४०१०, ग १ त ५९९७, को २ त ६९८७, ग १ त ६०४७ र ग १ त २९८१ नं। को ट्याक्टर नियन्त्रणमा लिइएको छ । नियन्त्रणमा लिइएका ट्याक्टरलाई कारवाहीका लागि व्यास नगरपालिकाको कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय