शुक्रबार , कार्तिक १४, २०७७

कोरोना संक्रमित २० जनाले गरे प्लाज्मा दान

कोरोना संक्रमित २० जनाले गरे प्लाज्मा दान

२९ असोज, चितवन । कोरोना संक्रमित भएका २० जनाले प्लाज्मा दान गरेका छन् । चेम्बर अफ कमर्सको ७० औं स्थापना दिवसको अबसरमा आज यहाँ आयोजना गरिएको कार्यक्रममा उनीहरुले प्लाज्मा दान गरेका हुन ।

नारायणगढमा भएको कार्यक्रममा २० जनाले संक्रमित अन्य बिरामीहरुलाई उपचारमा सहज वनाउनका लागि प्लाज्मा दान गरेका हुन । कोरोनामुक्त बनेका प्रहरी र सर्वसाधरणले प्लाज्मा दान गरेका हुन । यसअघि राप्ती नगरपालिकामा गरिएको प्लाज्मा दान कार्यक्रममा १६ जनाले रक्तदान गरेका थिए ।

कोराना संक्रमित बिरामीलाई कोरोनामुक्त बनेका व्यक्तिबाट शरिरमा बनिसकेको एण्टीबडी अर्को संक्रमित व्यक्तिलाई दिन प्लाज्मा थेरापी गर्ने गरिन्छ । चितवन चेम्बर अफ कर्मसका अध्यक्ष दीर्घमान श्रेष्ठले कोभिड–१९ संक्रमितको जीवन रक्षाका लागि प्लाज्मा दान अभियान चलाइएको बताए । उनका अनुसार अब दशैपछि रत्ननगर क्षेत्रमा प्लाज्मा रक्तदान अभियान चलाउने योजना रहेको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय