शुक्रबार , कार्तिक ७, २०७७

गण्डकीमा संक्रमितको संख्या पाँच हजार नाघ्यो

गण्डकीमा संक्रमितको संख्या पाँच हजार नाघ्यो

२९ असोज, गण्डकी ।  गण्डकी प्रदेशमा ५२ कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेशमा कोरोना संक्रमितको संख्या पाँच हजार ३५६ जना पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोदविन्दु शर्माले जानकारी दिए।

थपिनेमा सबै नवलपरासी ‘बर्दाघाट सुस्ता पूर्व’ का छन् । उनीहरूको क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको हो । सबै जना कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएको र सङ्क्रमितको आइसोलेसनको व्यवस्थापन गर्ने तयारी भइरहेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 1 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय