शुक्रबार , कार्तिक ७, २०७७

दशैंमा कनेक्ट आईपीएसमार्फत डिजिटल दक्षिणा दिनेलाई एक हजारको गिफ्ट भाउचर

दशैंमा कनेक्ट आईपीएसमार्फत डिजिटल दक्षिणा दिनेलाई एक हजारको गिफ्ट भाउचर

२९ असोज, काठमाडौं । दशैंको चाड नगदरहित रुपमा मनाउन र डिजिटल भुक्तानीका माध्यमहरुलाई प्रोत्साहन गर्नका निम्ति एनसीएचएलले “मनाऔं दशैं १५ दिनै connectIPS सँगै“ भन्ने योजना ल्याएको छ ।

यस योजना अन्तर्गत बैंकका ग्राहकहरुले कार्तिक १ देखि १५ गतेसम्म कनेक्ट आईपीएसमार्फत आफ्ना आफन्तजनलाई डिजिटल दक्षिणा पठाउन सक्ने व्यवस्था गरिएका एनसीएचएलल जनाएकोे छ । जसअन्तर्गत हरेक दिन १० जना भाग्यशाली विजेताहरुले एक हजारकोे गिफ्ट भाउचार प्राप्त गर्न सक्नेछन् ।

connectIPS मा रजिष्टर गरेका बैंकका ग्राहकहरुले www.connectips.com वा यसको मोबाईल एप्समा रहेको “Transfer Digital Dakshina” मा क्लिक गरी डिजिटल दक्षिणा पठाउन सक्नेछन् । यसरी दक्षिणा पठाउने ग्राहकहरु मध्ये छानिएका १० दैनिक विजेताको घोषणा एनसीएचएलको अफिसियल पेजबाट गरिने भएको छ ।

बैंकका ग्राहकहरुले connectIPS मा एकपटक रजिष्टर गरी आफ्ना खाताहरु लिंक गरी बैंकबाट वा अनलाईनबाटै self- verify गराई सेवा सुचारु गर्न सक्दछन् ।

ग्राहकहरुले घरमै बसी सहज तरिकाले फण्ड ट्रान्सफर लगायतका अन्य भुक्तानीहरु खाताबाटै गर्न connectIPS को वेभसाइट (www.connectips.com),  यसको मोबाईल एप, बैंक वित्तिय संस्थाको मोबाईल/ईन्टरनेट बैंकिङ्गमा रहेको connectIPS तथा विभिन्न क्रेडिटरहरुको वेभसाइटमा जोडिएको payment gateway लगायतका माध्यमहरु प्रयोग गर्नसक्छन् ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 1 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

बुटवलमा रुपन्देही र अर्घाखाँचीका दुईजना संक्रमितको मृत्यु बुटवलमा रुपन्देही र अर्घाखाँचीका दुईजना संक्रमितको मृत्यु २१ घण्टा पहिले
इरानले मतदाताहरूलाई तर्साउने गरी इमेल पठायाे इरानले मतदाताहरूलाई तर्साउने गरी इमेल पठायाे १९ घण्टा पहिले
विद्युत् प्रवाहमा अनियमित हुन नदिन मन्त्री पुनकाे निर्देशन विद्युत् प्रवाहमा अनियमित हुन नदिन मन्त्री पुनकाे निर्देशन ८ घण्टा पहिले
बेलौरीको शोभाताललाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै बेलौरीको शोभाताललाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै १८ घण्टा पहिले
तस्करको आक्रमणमा परी ज्यान गुमाएका प्रहरीका परिवारलाई प्रदेश सरकारको राहत तस्करको आक्रमणमा परी ज्यान गुमाएका प्रहरीका परिवारलाई प्रदेश सरकारको राहत १२ घण्टा पहिले
आज उपत्यकामा १५५२ जना संक्रमित थपिए आज उपत्यकामा १५५२ जना संक्रमित थपिए १३ घण्टा पहिले
अमेरिकामा राष्ट्रपति चुनावका लागी चार करोड भन्दा बढी मत अमेरिकामा राष्ट्रपति चुनावका लागी चार करोड भन्दा बढी मत १९ घण्टा पहिले
बेल्जियमकी पूर्व महिला प्रधानमन्त्री कोरोनाका कारण गम्भीर अवस्थामा बेल्जियमकी पूर्व महिला प्रधानमन्त्री कोरोनाका कारण गम्भीर अवस्थामा १० घण्टा पहिले