मंगलबार , कार्तिक ११, २०७७

सिस्ने जिल्लाकै पहिलो पूर्ण खोपयुक्त

सिस्ने जिल्लाकै पहिलो पूर्ण खोपयुक्त

२९ असोज, रुकुमपूर्व । रुकुमपूर्वको सिस्ने गाउँपालिकालाई आज पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकाका सबै वडा र बस्तीका बालबालिकाले नियमित खोप पाएपछि सो घोषणा गरिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय र गाउँपालिकाको समन्वयमा आयोजित कार्यक्रममा प्रतिनिधिसभाका सदस्य कमला रोकाले पूर्ण खोप सुनिश्चित घोषणा गर्दै गाउँपालिका अन्तर्गतको स्वास्थ्य संस्था र जिल्ला स्वास्थ्य कार्यालयको सक्रियताले सरकारको लक्ष्यलाई सघाउँदै पूर्ण खोप सुनिश्चित भएकाका सम्बद्ध पक्षलाई धन्यवाद दिए ।

नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ का सांसद् उनले पछिल्लो समय अभिभावकमा पनि नियमीत खोपका लागि आफ्ना बालबालिकालाई स्वास्थ्य संस्थामै पु¥याउनुपर्छ भन्ने चेतनाको विकास हुदै गएको बताए ।

गाउँपालिका स्वास्थ्य शाखाका संयोजक सुरेन्द्रप्रसाद यादवका अनुसार गाउँपालिकाका जन्मेदेखि १५ महिनासम्मका पाँच सय २१ जना र १६ देखि २३ महिना सम्मका दुई सय ९२ जना बालबालिकालाई पूर्णखोप प्रदान गरिएपछि पूर्ण खोप घोषणा गर्ने आधार तय भएको जनाए । गाउँपालिकामा पाँच स्वास्थ्य चौकी ६ सामुदायिक स्वास्थ्य इकाइ गरी ११ वटा स्वास्थ्य संस्थाबाट बालबालिकालाई नियमित खोप लगाउने गरिएको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 1 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय