आइतबार , कार्तिक ९, २०७७

वनपैदावार हानी नोक्सनी मुद्दामा दुई प्रतिवादी पक्राउ

वनपैदावार हानी नोक्सनी मुद्दामा दुई प्रतिवादी पक्राउ

३० असोज, कञ्चनपुर । वनपैदावार हानी नोक्सनी मुद्दामा अदालतबाट दोषी ठहर भएका कृष्णपुर नगरपालिका–१ का २६ वर्षीय दीपक बुढालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । कञ्चनपुर जिल्ला अदालतबाट बिनाइजाजत वन पैदावार हानी नोक्सानी मुद्दामा दोषी ठहर भई फरार भएका बुढालाई प्रहरीले लुकीछिपी बसेको बेला घरबाटै पक्राउ गरेको हो ।

पक्राउ परेका बुढालाई अदालतमा उपस्थित गराई अदालतको फैसलाअनुसार भएको जरिवाना रु २३ हजार ९५१ सुनाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए। कारवाहीका लागि बुढालाई अदालतमा उपस्थित गराइएको उनको भनाइ छ ।

यसैगरी चोरी मुद्दामा वारदातदेखि फरार रहेका शुक्लाफाँटा नगरपालिका–२ बस्ने २६ वर्षीय अठ्ठा भनिने भुपेश बमलाई भीमदत्त नगरपालिका–४ बाट प्रहरीले बिहीबार पक्राउ गरेको छ । आवश्यक कारवाहीका लागि कञ्चनपुर जिल्ला अदालतमा बुझाइएकामा अदालतको फैसलाअनुसार तोकेको रु ५० हजार धरौटी तिर्न नसकेपछि कारागार चलान गरिएको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय