सोमबार , कार्तिक १०, २०७७

रुबसकाँडाबाट शुरु भयो नियमित प्याराग्लाइडिङ

रुबसकाँडाबाट शुरु भयो नियमित प्याराग्लाइडिङ

३० असोज, डोटी । जिल्लाको जोरायल गाउँपालिका–२ बुडरस्थित रुबसकाँडाबाट प्याराग्लाइडिङ शुरु भएको छ । सुदूरपश्चिम प्रदेशमा पहिलोपटक रुबसकाँडाबाट नियमितरूपमा प्याराग्लाइडिङ सञ्चालनमा आएको हो । उक्त गाउँपालिकामा रहेका छहरा झरना, छतिवन ताललगायत पर्यटकीयस्थलको अवलोकन गर्न सकिने गरी छतिवन पर्यटन प्रवद्र्धन संरक्षण समिति र बैतडी अमेजिङ एडभेन्चर प्रालिको संयुक्त सहकार्यमा प्याराग्लाइडिङको शुरुआत गरिएको हो । जिल्लामा व्यावसायिकरूपमा प्याराग्लाइडिङ सञ्चालन भएको यो पहिलोपटक हो । गएको वर्ष उक्त गाउँपालिकामा प्याराग्लाइडिङको परीक्षण उडान गरिएको थियो ।

कम्तीमा पनि १५ देखि २० मिनेटसम्मको उक्त प्याराग्लाइडिङ यात्रा शुरु भएपछि अहिले त्यहाँ आन्तरिक तथा जिल्ला बाहिरका पर्यटक तथा प्याराग्लाइडिङ गर्नेको भीड बढ्न थालेको छतिवन पर्यटन प्रवद्र्धन संरक्षण समितिका अध्यक्ष भरत कुँवरले बताए । उनले भने, “हाम्रो गाउँपालिकामा असङ्ख्य पर्यटकस्थल रहेका छन्, जसको प्रचारप्रसार हुनसकेको थिएन, अहिले हामीले प्याराग्लाइडिङमार्फत ती क्षेत्रको प्रचारप्रसार गर्दैछौँ र पर्यटक पनि आउन थालेका छन् ।”

रुबसकाँडाको भगतडाँडा ९भ्यू प्वाइन्ट० बाट उड्ने फ्लाइट करिब १५ देखि २० मिनेट आकाशमा रहने तथा प्याराग्लाइडिङको कूल रु चार हजार लाग्ने आयोजकले जनाएको छ । प्याराग्लाइडिङको ल्यान्डिङ छतिवन ताल, बुडर र बिछिल गरी तीन स्थानमा गर्न सकिने व्यवस्था मिलाइएको अध्यक्ष कुँवरले जानकारी दिए ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

मेयर रोजगार कार्यक्रमबाट १० युवाले पाए रोजगारी मेयर रोजगार कार्यक्रमबाट १० युवाले पाए रोजगारी ३ दिन पहिले
बलात्कार प्रयासका दुई जना अभियुक्त पक्राउ बलात्कार प्रयासका दुई जना अभियुक्त पक्राउ २ दिन पहिले
तीन लाख २१ हजार नक्कली नोटसहित एक पक्राउ तीन लाख २१ हजार नक्कली नोटसहित एक पक्राउ ४ दिन पहिले
सरकारी अस्पतालमै कोरोना आतंक, विरामीबाट शुल्क असुल्न शुरु सरकारी अस्पतालमै कोरोना आतंक, विरामीबाट शुल्क असुल्न शुरु ७ दिन पहिले
नवरात्रको नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गरिँदै नवरात्रको नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गरिँदै १ दिन पहिले
प्रधानमन्त्री ओलीकाे ‘रअ’ का प्रमुखसँग भेट कूटनीतिक मुल्य र आचारसंहिताविपरीत : नेकपाका प्रवक्ता श्रेष्ठ प्रधानमन्त्री ओलीकाे ‘रअ’ का प्रमुखसँग भेट कूटनीतिक मुल्य र आचारसंहिताविपरीत : नेकपाका प्रवक्ता श्रेष्ठ १ दिन पहिले
सरकार सर्वोच्चको परमादेशविपरीत कोरोनाको उपचारबाटै पन्छेको सिटौलाको दोषारोपण सरकार सर्वोच्चको परमादेशविपरीत कोरोनाको उपचारबाटै पन्छेको सिटौलाको दोषारोपण ६ दिन पहिले
मैलिकहकसंग जोडिएका १६ वटा ऐन : कानुनमन्त्री तुम्वाहाम्फे मैलिकहकसंग जोडिएका १६ वटा ऐन : कानुनमन्त्री तुम्वाहाम्फे ३ दिन पहिले