शनिबार , कार्तिक ८, २०७७

एक वर्ष नपुग्दै कालोपत्रे उप्कियो, सडक भासियो

एक वर्ष नपुग्दै कालोपत्रे उप्कियो, सडक भासियो

३० असोज, अमरगढी । कालोपत्रे सम्पन्न गरेर हस्तान्तरण भएको एक वर्षमै सडक भासिएको छ । डडेल्धुरा सदरमुकामबाट दुई जिल्ला जोड्ने उग्रतारा–मेलौली सडकको केही भाग भासिएको हो । गत आर्थिक वर्षमा सम्पन्न भएको यो सडक अजयमेरु गाउँपालिका–१ पुईलेक बजारको भाग भासिनुका साथै कालोपत्रे उप्किएको छ ।

सडक निर्माण थालिएको झण्डै तीन दशक पछि केही खण्ड कालोपत्रे गरिएको थियो । यो सडक डडेल्धुराको उग्रताराबाट बैतडीको मेलौली जोड्ने गरी निर्माण भएको छ । सडक कालोपत्रेको पहिलो चरणमा आठ किलोमिटर कालोपत्रे सम्पन्न भएको थियो । यस सडकखण्डमा कालोपत्रे गर्दा लगाईएका प्रायः पर्खाल पनि भत्किएका छन् ।

आर्थिक वर्ष २०७४ र ७५ मा पहिलो पटक आठ किलोमिटर सडक कालोपत्रे गर्न सडक डिभिजन कार्यालयले रु १२ करोड बजेट विनियोजन गरेको थियो । अमरगढी नगरपालिका–७ रातागौनबाट अजयमेरु गाउँपालिका–१ समैजीको बयलडाँगासम्म कालोपत्रे भएको सडकमा करिब डेढ दर्जन पर्खाल छन् । सडक निर्माणकै क्रममा पनि एक दर्जन पर्खाल भासिनुका साथै सडक छेउ छोडी भत्किएका थिए । त्यस बखत पर्खाल पुनः लगाईएका थिए । त्यतिबेला सडक कालोपत्रे गर्ने डडेल्धुराकै स्थानीय निर्माण व्यवसायी केएस कन्ट्रक्सन कार्वाहीमा परेको थियो । सोही निर्माण कम्पनीले अहिले पनि बयलडाँगाभन्दा अगाडि सडक खण्ड र पोखरा–बेलापुर सडक कालोपत्रे गरी रहेको छ ।

सबै ठाँउमा निर्माण कम्पनीले काम गर्न नसक्दा पेटी ठेकेदारको जिम्मा दिईने भएकाले गुणस्तर अनुसारको काम नभएको हुनसक्ने केएस कन्ट्रक्सनका तत्कालिन इञ्चार्ज तथा सब ओभरसेयर जीतबहादुर तामाङले बताए । यस्तै डडेल्धुरा अस्पतालको भवन निमार्णसमेत ठेक्का पाएको केएस कन्ट्रक्सनले पोखरा, बेलापुर सडक खण्डबाट कमसल ढुङ्गा ल्याइएको र डडेल्धुरा अस्पताल निर्माण गरिरहेको स्थानीयको भानाइ छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

म तिमीमा रोमाण्टिक मुडमा देखिए प्रशान्त र निष्ठा म तिमीमा रोमाण्टिक मुडमा देखिए प्रशान्त र निष्ठा ५ घण्टा पहिले
यस वर्ष राष्ट्रपतिबाट शक्तिपीठ दर्शन र सर्वसाधारणलाई टीका कार्यक्रम नहुने यस वर्ष राष्ट्रपतिबाट शक्तिपीठ दर्शन र सर्वसाधारणलाई टीका कार्यक्रम नहुने ८ घण्टा पहिले
श्रीस्वस्थानी व्रतकथामा आधारित खोकना नाच शुरू श्रीस्वस्थानी व्रतकथामा आधारित खोकना नाच शुरू १५ घण्टा पहिले
बागमतीका मुख्यमन्त्री पौडेललाई थप उपचारको लागि काठमाडौं ल्याइयाे बागमतीका मुख्यमन्त्री पौडेललाई थप उपचारको लागि काठमाडौं ल्याइयाे १२ घण्टा पहिले
प्रमुख प्रशासकीय अधिकृतद्धारा नगरको विकास ठप्प पार्ने प्रयास, मन्त्रालयमा फिर्ता गर्न मेयरले गरे पत्राचार प्रमुख प्रशासकीय अधिकृतद्धारा नगरको विकास ठप्प पार्ने प्रयास, मन्त्रालयमा फिर्ता गर्न मेयरले गरे पत्राचार १९ घण्टा पहिले
जापान र बेलायतबीच द्विपक्षीय स्वतन्त्र व्यापार सम्झौता जापान र बेलायतबीच द्विपक्षीय स्वतन्त्र व्यापार सम्झौता ५ घण्टा पहिले
बनेपामा ५६ वर्षीय संक्रमित पुरुषको मृत्यु बनेपामा ५६ वर्षीय संक्रमित पुरुषको मृत्यु ७ घण्टा पहिले
किसानको करोडौँ भुक्तानी दिन बाँकी रहेको उद्योग सञ्चालनको तयारीमा किसानको करोडौँ भुक्तानी दिन बाँकी रहेको उद्योग सञ्चालनको तयारीमा १४ घण्टा पहिले