बिहिबार , कार्तिक ६, २०७७

बाँकेमा कोरोनाबाट ३३ वर्षीय पुरुषको मृत्यु

बाँकेमा कोरोनाबाट ३३ वर्षीय पुरुषको मृत्यु

३० असोज, राँझा । बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको आज बिहान मृत्यु भएको छ । रुकुमको चौरजहारी नगरपालिका वडा नं १४ निवासी ३३ वर्षीय पुरुषको उपचारकै क्रममा आज बिहान ५ बजे मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठका स्वास्थ्यमा समस्या देखिएपछि असोज यही २१ गते शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएपछि पिसिआर परीक्षण गर्दा असोज २२ गते कोरोना सङ्क्रमण देखिएको थियो ।शिक्षण अस्पतालको कोरोना आइसोलेसन वार्डमा भर्ना गरेर रोगको प्रकृतिअनुसार सबै प्रकारका आवश्यक उपचार गरिए पनि स्वास्थ्यावस्थामा सुधार नआई उपचारकै क्रममा बिरामीको मृत्यु भएको स्रोत व्यक्ति श्रेष्ठले बताए ।

आफन्तजन र अस्पतालसँगको समन्वयमा शव व्यवस्थापनको प्रक्रिया चलिरहेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए । बाँकेमा यससहित बाहिरी जिल्लाबाट आई उपचारका क्रममा अस्पतालमै मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ । बाँकेका मात्रै २७ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

हुण्डाईका गाडी खरिद गर्न सांग्रिला डेभलपमेन्ट बैंकले कर्जा दिने हुण्डाईका गाडी खरिद गर्न सांग्रिला डेभलपमेन्ट बैंकले कर्जा दिने २ हप्ता पहिले
जाजरकोट जीप दुर्घटना : वडाध्यक्षसहित ६ जनाको मृत्यु, १ बेपत्ता, १ घाइते ! जाजरकोट जीप दुर्घटना : वडाध्यक्षसहित ६ जनाको मृत्यु, १ बेपत्ता, १ घाइते ! २ हप्ता पहिले
सरकार कुहिरो भित्रको काग झैं अलमलिएको नेबिसंघको आरोप सरकार कुहिरो भित्रको काग झैं अलमलिएको नेबिसंघको आरोप ३ हप्ता पहिले
छुट भएपछि एक महिनामै ३५९ उद्योग दर्ता छुट भएपछि एक महिनामै ३५९ उद्योग दर्ता १ हप्ता पहिले
सर्लाहीका संक्रमित पुरुषको मृत्यु सर्लाहीका संक्रमित पुरुषको मृत्यु २ हप्ता पहिले
सरकारले ल्याएको नीति विपरीत सार्वजनिक यातायात संचालनमा ,‘प्रतिस्प्रर्धा’ले सर्वसाधारणलाई सास्ती सरकारले ल्याएको नीति विपरीत सार्वजनिक यातायात संचालनमा ,‘प्रतिस्प्रर्धा’ले सर्वसाधारणलाई सास्ती १ दिन पहिले
एकैदिन संक्रमित हुनेको संख्या १५७३ पुग्यो एकैदिन संक्रमित हुनेको संख्या १५७३ पुग्यो ३ हप्ता पहिले
रोकिराखिएको टिपरमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु रोकिराखिएको टिपरमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु २ हप्ता पहिले