शनिबार , कार्तिक १५, २०७७

प्रिज्मा, प्रिन्सी र नाजिर अभिनित बिश्व गौडेलको सुनरीमै रिलिज

प्रिज्मा, प्रिन्सी र नाजिर अभिनित बिश्व गौडेलको सुनरीमै रिलिज

३० असोज, काठमाडौं । लामो समयदेखि अष्ट्रेलियामा बसेर नेपाली कलासंस्कृति, रितिरिवाजसंगै मौलिकपना झल्किने गीतहरुको लेखनमा लागेका युवा गीतकार बिश्व गौडेलकोको नयाँ गीत ‘सुनरीमै’ सार्वजनिक भएको छ ।

चर्चित गायक प्रमोद खरेल र लोकप्रिय गायिका मेलिना राईको युगल स्वर रहेको गीत ‘सुनरीमै’ दीपक शर्माको संगीत र साहस शाक्यको एरेन्ज रहेको छ। गीतको भिडियोमा टिकटकका सर्वाधिक हिट जोडी प्रिज्मा ,प्रिन्सी खतिवडा र नाजिर हुसेनको अभिनय रहेको छ । भिडियोमा नबराज उप्रेतीले छायाँकन नबिन निरौलाको सम्पादन र गम्भीर बिस्टको कोरियोग्राफी र जीवन रसाईलीको निर्देशन रहेको छ ।

पछिल्लो समय कलासंस्कृति, रितिरिवाजसंगै मौलिकपना झल्किने नेपाली गीत संगीतलाइ युवाहरुले भुल्न थालेको र पाश्चात्य संस्कृति हावी हुदै जान थालेकाले नेपाली संगीतको संरक्षणका लागि यो म्यूजिक भिडियो सहितको गित बजारमा ल्याएको भिडियो निर्माता ब्लेक ब्रोस इन्टरटेनमेन्टको भनाइ छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 1 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय