शुक्रबार , कार्तिक ७, २०७७

पूर्वआईजीपी खरेलद्धारा ११ लाखको अक्षयकोष स्थापना, वीरगति प्राप्त गर्ने प्रहरीका सन्तानलाई ३० हजारको छात्रवृत्ति

पूर्वआईजीपी खरेलद्धारा ११ लाखको अक्षयकोष स्थापना, वीरगति प्राप्त गर्ने प्रहरीका सन्तानलाई ३० हजारको छात्रवृत्ति

३० असोज, काठमाडौं । पूर्व प्रहरी महानिरीक्षक अच्यूतकृष्ण खरेलले आफूले उर्जाशिल समय व्यथित गरेको अर्थात् जीवनको महत्वपूर्ण समय योगदान पुरर्याएको प्रहरी संगठनका सदस्य जसले कर्तव्यपालनाका सिलसिलामा वीरगति प्राप्त गर्नेहरुका सन्तानलाई प्रोत्साहन गर्ने हेतुले छात्रवृत्ति प्रदान गर्ने सम्झौता गरेका छन् ।

खरेलले कर्तव्यपालनाका सिलसिलामा वीरगति प्राप्त गर्ने प्रहरी जवान, प्रहरी हवल्दार, प्रहरी सहायक निरीक्षक, प्रहरी नायव निरीक्षकका सन्तान मध्ये एक छोरी र एक छोरालाई जनही ३० हजारको छात्रवृत्तिसहित सम्मानपत्र प्रदान गर्ने भएका छन् । प्रहरी संगठनसमक्ष पूर्व आईजीपी खरेलले गरेको सम्झौतामा ११ लाखको अक्षयकोष स्थापना गर्ने उल्लेख छ ।

नेपाल प्रहरी संगठनले आफ्नो जन्मदिवसको कार्यक्रम मनाईरहँदा पूर्व प्रहरी महानिरीक्षक खरेलले प्रहरी संगठनसमक्ष यस्तो सम्झौता गरेका हुन् ।

“अच्युत–मिना अमर प्रहरी पुरस्कार” नाम दिइएको उक्त कोषका लागि पूर्व महानिरीक्षक खरेलले प्रतिवर्ष छात्रवृत्ति अन्तर्गत ६० हजार र सम्मानपत्र तयार गर्न ४ हजार गरी ६४ हजार उपलब्ध गराउने सहमति भएको छ । साथै, उनको देहवसानपछि अच्युत–मिनाका सन्तान डा.आयुष र डा.चाँदनीले ११ लाखको अक्षयकोष स्थापना गरिदिने पनि सहमतिपत्रमा उल्लेख भएको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ ।

नेपाल प्रहरी संगठनसँग व्यक्तिगत सम्झौता गरी छात्रवृत्ति कोषको स्थापना गर्ने पहिलो व्यक्ति भएका छन्, पूर्व प्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेल । यसअघि पनि नेपाल प्रहरीका चारै क्षेत्रीय स्कुलमा विभिन्न कालखण्ड र विभिन्न पदमा रहँदा पूर्व प्रहरी महानिरीक्षक खरेलले संगठनका जवान, हवल्दारका गरिब तथा जेहन्दार सन्तानलाई अक्षयकोष उपलब्ध गराउँदै आएका थिए ।

त्यसैगरी, २०५७ सालमा अनिवार्य अवकाश लिएका खरेलले तत्काल प्राप्त मासिक पेन्सन ८, ५११/- समेत संगठनका सिपाही, हवल्दारका गरिब एवम् जेहन्दार सन्तानलाई प्रत्येक महिना छात्रवृत्ति स्वरुप प्रदान गर्ने भएका छन् । मनकारी खरेललाई मुरीमुरी धन्यवाद ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 1 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय