शनिबार , कार्तिक १५, २०७७

केएमसीले बढी शुल्क लिएको भन्दै अभिभावक आन्दोलित

केएमसीले बढी शुल्क लिएको भन्दै अभिभावक आन्दोलित

३० असोज, काठमाडौं । काठमाडौंको बुद्धनगरस्थित काठमाडौं मोडल स्कुल केएमसीका अभिभावक आन्दोलित भएका छन । कोभिड १९ का कारण पठनपाठन बन्द भएको अवस्थामा पनि विद्यालयले बढी शुल्क लिएको भन्दै उनीहरु आन्दोलित भएका हुन् ।

१३ वुँदे माग सम्बोधन गर्न विद्यालय प्रशासनलाई दुई हप्ताको समय दिँदा समेत बेवास्ता गरेका कारण बाध्य भएर आफूहरु प्रदर्शनमा उत्रनु परेको अभिभावकहरुले बताउका छन ।

गैरकानुनी वार्षिक शुल्क खारेज गर, शुल्कको नाममा विद्यार्थीलाई मानसिक तनाव दिने काम बन्द गर, ट्युसन शुल्कमा ५० प्रतिशत कायम गर, कोभिड १९ को समयमा शुल्क वृद्धि बन्द गर लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर उनीहरुले विद्यालय अगाडि प्रदर्शन गरेका थिए । अभिभावकले उठाएको माग सम्बोधन गर्न विद्यालय प्रशासन तयार नरहेको उनीहरुले आरोप लगाएका छन् ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय