प्रहरी दिवसमा सम्मान
नेपालबहस संवाददाता
असोज ३०, २०७७ शुक्रबार २०:२३:४०
३० असोज, झापा । जिल्ला प्रहरी कार्यालय झापाले ६५औँ प्रहरी दिवसको अवसरमा उत्कृष्ट प्रहरी, शहीद प्रहरीका परिवार र एसइईमा उत्कृष्ट अङ्क ल्याउने प्रहरीका सन्ततीलाई आज सम्मान गरेको छ ।
कार्यालयले उत्कृष्ट कर्मचारी प्रहरी नायब निरीक्षक उदयशम्शेर रानासहित आठ जनालाई नगदले सम्मान गरेको हो । सो अवसरमा गौरादह नगरपालिका–७ मा प्रहरी चौकी स्थापनाका लागि निःशुल्क जग्गा प्रदान गर्ने पाँच जना दातालाई पनि सम्मान गरेको छ ।
प्रदेश प्रहरी कार्यालय विराटनगरले स्थापना गरेको प्रहरी सन्तती जेहेन्दार पुरस्कारबाट झापा गाउँपालिकास्थित कमुरखोद इलाका प्रहरी कार्यालयका प्रमुख हरिबहादुर थापाकी छोरी दुर्गा थापा र पूर्वप्रहरी हवल्दार जीवन ढकालका छोरा सुरज ढकाललाई नगद रु १० हजारका दरले सम्मान गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले बताए ।
सो अवसरमा ४५ जना अमर प्रहरी परिवारका सदस्यलाई समेत सम्मान गरिएको छ । उनीहरु सबैलाई प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले सम्मान गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
फरार रहेका जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी गर्न प्रहरीले गर्यो पत्राचार
बैशाख ६, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने
बैशाख ११, २०८१ मंगलबार
रौतहटको करुनियामा आगलागीबाट ७ घर जलेर नष्ट, लाखौंको क्षति
बैशाख ११, २०८१ मंगलबार
निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द
बैशाख ११, २०८१ मंगलबार
सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा
बैशाख ११, २०८१ मंगलबार
जनकपुरमा होटलको एउटै कोठामा महिला र पुरुष झुन्डिएको अवस्थामा मृत फेला
बैशाख ११, २०८१ मंगलबार
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा
बैशाख ११, २०८१ मंगलबार