शुरु भयो पर्यटकीय क्षेत्रमा चहलपहल
नेपालबहस संवाददाता
असोज ३०, २०७७ शुक्रबार २१:२८:३९
३० असोज, बलेवा । दशैँ नजिकिएसँगै यहाँको कालिका मन्दिरमा जाने भक्तजनको भिड बढन थालेको छ । गत चैत, बैसाख, जेठ र असारमा लकडाउनका कारण मन्दिर प्रवेशमा प्रतिवन्ध लगाएकोले भक्तजनको उपस्थिति हुन पाएन । ऐतिहासिक चैतैदशै मेला पनि भएन ।
साउनदेखि छिटफुट जाने भक्तजनले पनि पूजा गरेनन् । अहिले पनि मन्दिरमा फूल, प्रसाद र टिकाको छुट्टै व्यवस्था नगरिए पनि भक्तजनको आगमन बढ्दै आएको छ । पर्यटन मन्त्री योगेश भट्टराईले कात्तिक १ गतेदेखि देशभरका धार्मिक तीर्थस्थल खुलाउन निर्देशन गरेपछि यहाँका मठ मन्दिरमा चहलपहल बढेको हो । “शनिवारदेखि कालिका मन्दिर खुल्छ रे, अब पूजा गर्न जानुपर्ला” पर्वतको पाङकी यमुना शर्माले भने, “लकडाउनका कारण जान पाएकी थिइन। मन्दिर नखुल्दा धार्मिक गतिविधि पनि हुन सकेको छैन ।”
भक्तजनको चहलपहल तुलनात्मक बढ्न थालेकाले मन्दिर कसरी खुलाउने भन्ने छलफल गर्न थालिएको कालिका भगवती गुठीका अध्यक्ष राजु खड्काले बताए । उनले भने, “सङक्रमणको समय भएकाले खुला गर्दा अप्ठ्यारो पर्छ कि भन्ने लागेको हो, अन्यत्र सबै खुला गरिएकाले मन्दिरमा सुरक्षित भएर पूजा गर्न लगाइयो भने खुला गर्न मिल्ला। प्रहरी र जिल्ला प्रशासनमा पनि यसबारे कुरा भइसकेको छ ।
विगतमा घटस्थापनादेखि उक्त मन्दिरमा सयौं भक्तजन आउने गर्थे । यो बर्ष कम भएपनि आस्था राख्नेका लागि रोक्न नसकिने अध्यक्ष खडकाले बताउनुभयो ।जिल्लामा कालिका मन्दिरका साथै पञ्चकोट, शालिग्राम संग्राहलयमा पनि पर्यटक बढेका छन् ।
लकडाउनका कारण बन्द रहेको नेपालकै लामो झोलुङ्गे पुलमा अहिले यात्रा गर्ने बढेका कारण होटल तथा रेष्टुरेन्ट पनि सञ्चालन हुन थालेका छन् । लकडाउन खुला भएकोले व्यावसाय बढ्न थालेको होटल संघका जिल्लाअध्यक्ष अर्जुन चोखालले बताए। अझै होटलमा बस्ने गरी पाहुना आएका छैनन्, तर धार्मिक र पर्यटकीय क्षेत्र खुला छ भन्ने सन्देशले केही पाहुना आएका उनले बताए । खाद्य वस्तुको ब्यापारका साथै अन्य ब्यापार पनि बढ्न थालेकोे उद्योग बाणिज्य संघका महासचिव नरेश कंडेलले बताए
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा
बैशाख १२, २०८१ बुधबार
बन्दीपुरको सौन्दर्यता र मौलिकता कायम राख्न व्यवसायीलाई आग्रह
बैशाख ११, २०८१ मंगलबार
मनाङमा एक वर्षमा २१ हजार पर्यटकको आगमन
बैशाख १०, २०८१ सोमबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत
बैशाख १३, २०८१ बिहिबार
भीम रावलको घुम्तीः न घर फर्किन मिल्ने, न घाट जान
बैशाख १३, २०८१ बिहिबार
मन्त्रिपरिषदमा छिर्यो सहकारी ठगीको विषय, फाष्ट ट्रयाकबाट कानुन बनाउने
बैशाख १३, २०८१ बिहिबार
डढेलोले पाइप जल्यो, खानेपानीको समस्या
बैशाख १३, २०८१ बिहिबार
सडकको लम्बाई बढाएर ३८ लाख भ्रष्टाचार गरेको आरोपमा शाहीसहित ९ जनाविरुद्ध मुद्दा दायर
बैशाख १३, २०८१ बिहिबार
सडकमा पल्टिएको जीप
बैशाख १३, २०८१ बिहिबार