शुक्रबार , कार्तिक १४, २०७७

सरकारका गलत रबैयाविरुद्ध आक्रोशित बने कोइराला

सरकारका गलत रबैयाविरुद्ध आक्रोशित बने कोइराला

३० असोज, काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा भावी सभापतिका दावेदार डा.शेखर कोइराला वर्तमान सरकारका कार्यशैलीप्रति आक्रामक रुपमा प्रस्तुत हुन थालेका छन् । प्रायः शान्त र संयमित मुद्रामा प्रस्तुत हुने कोइराला सर्लाही जिल्लाको घटनाका बिषयमा भने आक्रोशित बनेका हुन् । आज एक विज्ञप्तिमार्फत डा. कोईरालाले उक्त घटनाको घोर निन्दा र भत्सना समेत गरेका छन् ।

सर्लाही जिल्ला प्रहरी कार्यालयमा बुधबार नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरु माथि भएको दुर्व्यवहारका बिषयमा कोइरालाले सरकारको ध्यानाकर्षण समेत गराएका छन् । उक्त घटनामा नेपाली कांग्रेस सर्लाहीका जिल्ला सभापति तथा माननीय नगेन्द्रकुमार राय र माननीय अमरेश कुमार सिंह लगायत प्रदेशसभा सांसदहरु क्रमशः माननीय उपेन्द्र कुशबाह र माननीय वीरेन्द्रप्रसाद सिंह लगायत सयौं नेता तथा कार्यकर्ताहरु माथि प्रहरीले गरेको दुर्व्यवहारप्रति मेरो गम्भिर ध्यनाकर्षण भएको छ, उनले आफ्नो प्रेस बक्तब्यमा उल्लेख गरेका छन् ।

सर्लाही जिल्लाको रामनगर गाउँपालिका नं. ७ सिसौटका महेन्द्र रामको हत्याबारे जाहेरी दिन जिल्ला प्रहरी कार्यालय पुगेका नेपाली कांग्रेसका नेता तथा कार्यकर्तामाथि प्रहरीले गरेको दुर्व्यवहारको कोइरालाले गम्भिर आपत्ति जनाएका हुन । हत्याको निष्पक्ष छानविन र दोषी माथि कार्वाहीको माग राख्दै गरिएको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले गरेको अमानविय व्यवहारले प्रदेश २ मा र सिंगो मुलुकमै कानूनी राज्य छ कि छैन ?? भन्ने गहन प्रश्न समेत उब्जाएको कुरा आफ्नाे प्रेस बिज्ञप्तिमा उल्लेख गरेका छन् ।

बिज्ञप्तिमा भनिएको छ, मृतकको शव बिनाकारण आठ दिनसम्म प्रहरी प्रशासनले बिरगञ्जस्थित नारायणी अस्पतालमा राख्ने, मृतकका परिवारले दिएको जाहेरी दर्ता नगर्ने र पीडितलाई न्याय दिलाउन जाहेरी दर्ता गरी कानूनी प्रक्रिया अगाडि बढाउन आग्रह गर्न आयोजना गरिएको शान्तिपूर्ण र्यालीसहित पुगेका संघीय र प्रदेश सभामा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरु माथि समेत लाठी चार्ज र अश्रुग्याँस प्रहार गर्ने प्रहरीले आम नागरिकलाई कसरी न्याय देला भन्ने प्रश्न उब्जिएको छ ।

कोइरालाले बिज्ञप्तिमा भनेका छन्, म प्रशासनको निर्देशनमा सुरक्षाकर्मीबाट भएको यो घटनाको घोर निन्दा र भत्र्सना गर्दै पक्राउ परेका ब्यक्तिहरुलाई अबिलम्ब रिहाई गर्न, घटनाका घाईतेको उपचार गर्न, मृतकका परिवारको जाहेरी दर्ता गर्न र पीडित परिवारलाई न्याय दिई आवश्यक क्षतिपूर्तिको ब्यवस्था गर्न सरकारसँग जोडदार माग गर्दछु ।

आम सर्वसाधारण नागरिकहरुमा परेको समस्याका बिषयमा तत्काल आवाज उठाएर नेता कोइरालाले कानूनी राज्य, जनताको शासन र सरकारको उत्तरदायित्वका बिषयमा आफ्नो स्पष्ट धारणा समेत प्रकट गरेका छन् । जनताको पक्षमा र पीडितका पक्षमा बोल्ने नेताको खडेरी परिरहेको बेला जनताका समस्यामा यसरी नै आवाज बुलन्द गर्ने डा. कोइरालालाई तमाम नेपालीहरुको तर्फबाट सलाम छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

देहरादुनमा कुटिएका विद्यार्थीको अविलम्ब उद्दार गर्न कांग्रेस प्रवक्ताको माग देहरादुनमा कुटिएका विद्यार्थीको अविलम्ब उद्दार गर्न कांग्रेस प्रवक्ताको माग १९ घण्टा पहिले
देहरादूनमा एकेडेमीका अध्यक्षद्धारा ५१ नेपाली विद्यार्थीमाथि निर्घात कुटपिट देहरादूनमा एकेडेमीका अध्यक्षद्धारा ५१ नेपाली विद्यार्थीमाथि निर्घात कुटपिट २२ घण्टा पहिले
बारामा प्रहरीकाे गाेली लागेर १४ वर्षीय बालक घाइते, अवस्था गम्भीर बारामा प्रहरीकाे गाेली लागेर १४ वर्षीय बालक घाइते, अवस्था गम्भीर २२ घण्टा पहिले
कैदीबन्दी र सुरक्षाकर्मीको स्वाब संकलन गर्न शुरु कैदीबन्दी र सुरक्षाकर्मीको स्वाब संकलन गर्न शुरु २० घण्टा पहिले
बाँकेमा ६५ वर्षीय संक्रमित पुरुषको मृत्यु बाँकेमा ६५ वर्षीय संक्रमित पुरुषको मृत्यु १२ घण्टा पहिले
सांसद बस्नेतको आमासहित परिवारका आठ जना कोरोनामुक्त सांसद बस्नेतको आमासहित परिवारका आठ जना कोरोनामुक्त १३ घण्टा पहिले
सांग्रिला डेभलपमेन्ट बैंक संचालनमा आएको १६ वर्ष पुरा सांग्रिला डेभलपमेन्ट बैंक संचालनमा आएको १६ वर्ष पुरा १९ घण्टा पहिले
कांग्रेसमा कस्को पल्ला भारी ? कांग्रेसमा कस्को पल्ला भारी ? १७ घण्टा पहिले
अब पार्किङको निगरानी गर्न नगर प्रहरीको नियमित ड्युटी अब पार्किङको निगरानी गर्न नगर प्रहरीको नियमित ड्युटी १६ घण्टा पहिले
बढी भाडा असुल्दै सार्वजनिक यातायात बढी भाडा असुल्दै सार्वजनिक यातायात २ हप्ता पहिले
थपिए २४४० संक्रमित, उपत्यकामा मात्रै १५३१ ! थपिए २४४० संक्रमित, उपत्यकामा मात्रै १५३१ ! ४ हप्ता पहिले
विश्व मानसिक दिवस २०२०:- मानसिक स्वास्थ्यमा प्रर्याप्त लगानी र व्यापक पहुँच अहिलेको आवश्यकता विश्व मानसिक दिवस २०२०:- मानसिक स्वास्थ्यमा प्रर्याप्त लगानी र व्यापक पहुँच अहिलेको आवश्यकता ३ हप्ता पहिले
कर्णालीको विवाद चर्काउने गरी ओली र प्रचण्डको छुट्टा छुट्टै विज्ञप्ती कर्णालीको विवाद चर्काउने गरी ओली र प्रचण्डको छुट्टा छुट्टै विज्ञप्ती १ हप्ता पहिले
अस्पतालका सञ्चालकसहित ४ जनाको मृत्यु अस्पतालका सञ्चालकसहित ४ जनाको मृत्यु २ हप्ता पहिले
वाणिज्यले दशैँमा पनि बजार अनुगमनलाई निरन्तरता दिने वाणिज्यले दशैँमा पनि बजार अनुगमनलाई निरन्तरता दिने १ हप्ता पहिले
स्मार्टडोकोको दशैं अफर : सेलपेबाट भुक्तानी गर्दा सामसुङ स्मार्टफोन उपहार स्मार्टडोकोको दशैं अफर : सेलपेबाट भुक्तानी गर्दा सामसुङ स्मार्टफोन उपहार ३ हप्ता पहिले