मंगलबार , कार्तिक ४, २०७७

बलात्कारी संगठन नामक फेसबुक ग्रुप चलाउने पक्राउ

बलात्कारी संगठन नामक फेसबुक ग्रुप चलाउने पक्राउ

३० असोज, काठमाडौं । नेपाल प्रहरीले ‘बलात्कारी संगठन’ नामक फेसबुक ग्रुप चलाएको अभियोगमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासीका नविन बस्नेत छन् । प्रहरीले उनलाई नवलपरासीमा पक्राउ गरेर काठमाडौं ल्याएको हाे ।

बढ्यो बलात्कार र महिला हिंसाका घटनासँगै यसको विरोधमा पछिल्लो समय प्रदर्शनहरु भएका थिए । केही अघि ‘तँ बलात्कारी होस्’ भन्ने गीत गाएर पनि विरोध गरिएको थियो ।

त्यसपछि यो ग्रुप चर्चामा आएको थियो । ग्रुपमा अश्लिल विषयहरु लेखिएका थिए । यस विषय सामाजिक सञ्जालमा सर्वत्र चासो व्यक्ति भएपछि प्रहरी प्रधान कार्यालय, नक्सालले अनुसन्धानका लागि निर्देशन दिएको थियो । बस्नेतले विगतमा पनि विभिन्न विशिष्ट व्यक्तिको हत्या गर्ने भन्दै स्टाटस लेख्ने गरेको पाइएको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय