मंगलबार , कार्तिक ४, २०७७

मञ्जरीलाई चार दिनमै आठ लाख भ्यूज

मञ्जरीलाई चार दिनमै आठ लाख भ्यूज

३० असोज, बागलुङ । अभिनेता राजेश हमालको नृत्य रहेको लोकदोहोरी गीत ‘मञ्जरी’को म्यूजिक भिडियोलाई दर्शक÷स्रोताले रुचाएका छन् । युट्युबमा सार्वजनिक भएको चार दिनमै गीतको भ्यूज आठ लाख नाघेको छ ।

गीतको भिडियोमा अभिनेता हमालसँगै अभिनेत्री वर्षा सिवाकोटी र गायक÷मोडल प्रकाश सपूतको नृत्य÷अभिनय छ । गायक प्रकाश पराजुली र गायिका देवी घर्तीको स्वर रहेको गीत सोमबार युट्युबमार्फत सार्वजनिक भएको थियो ।

गीतमा सर्जक नवराज पन्तको शब्द र गायक पराजुलीकै सङ्गीत रहेको छ । बागलुङ घर भई हाल अमेरिकामा रहनुभएका सर्जक पन्तले रचेको लोकदोहोरी गीत ‘सालको पातको टपरी’ पनि सर्वाधिक चर्चित बनेको थियो ।

“मञ्जरीको पनि राम्रो प्रतिक्रिया आएको छ, युट्युबको भ्यूज, कमेन्ट, लाइक हेर्दा हामी उत्साहित छौँ”, सर्जक पन्तले भने । गीतको भिडियो निर्देशन देबेन्द्र बब्लुले गरेका छन । निर्देशक बब्लु गायक÷मोडल प्रकाश सपूतका भाइ हुन ।

गीतको उत्पादक बागलुङकै प्रकाश जिसीले गरेका छन । उनी पनि अहिले अमेरिकामा बस्छन । गीतमा पाँच लाखबढी लगानी भएको जनाइएको छ । गायिका घर्ती, मोडल सपूत र निर्देशक बब्लुको पनि जन्मथलो बागलुङ हो । गायक पराजुली भने स्याङ्जाका हुन् ।

गीतले माया÷प्रेमको विषय उठान गरेको छ । केटा र केटी पक्षको रमाइलो सवालजवाफ छ । साँस्कृतिक कार्यक्रममा विशेष अतिथिका रुपमा आमन्त्रित अभिनेता हमाल छमछमी नाचेको दृश्य भिडियोमा हेर्दा रोचक लाग्छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

बेनी–जोमसोम सडक : स्याउ लिन गएका ठूला मालबाहक ट्रक बाटोमै अलपत्र बेनी–जोमसोम सडक : स्याउ लिन गएका ठूला मालबाहक ट्रक बाटोमै अलपत्र ३ हप्ता पहिले
सर्वोच्चले भन्यो, कोरोना संक्रमितले पनि परीक्षा दिन पाउने व्यवस्था गर्नु सर्वोच्चले भन्यो, कोरोना संक्रमितले पनि परीक्षा दिन पाउने व्यवस्था गर्नु ५ दिन पहिले
प्रभु बैंकको नेतृत्वमा सुपर आँखुखोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन प्रभु बैंकको नेतृत्वमा सुपर आँखुखोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन ३ हप्ता पहिले
विदामा घर आएका असईको मोटरसाइकलले ज्यान लियो विदामा घर आएका असईको मोटरसाइकलले ज्यान लियो २ हप्ता पहिले
लामो अवधिको जन्मान्तर सेवा गाउँमै पाएपछि महिला खुशी लामो अवधिको जन्मान्तर सेवा गाउँमै पाएपछि महिला खुशी १ हप्ता पहिले
प्रधानमन्त्रीका तीन सल्लाहकार संक्रमणमुक्त प्रधानमन्त्रीका तीन सल्लाहकार संक्रमणमुक्त २ हप्ता पहिले
५ बर्षीय बालकको करणीपछि घाटी थिचेर हत्या ५ बर्षीय बालकको करणीपछि घाटी थिचेर हत्या २ हप्ता पहिले
राष्ट्र बैंककी जागिरे छोरी :- जसले किर्ते हस्ताक्षर गरेर बृद्ध आमाको करोडौं सम्पति हत्याइन् (श्रृङ्खला–१) राष्ट्र बैंककी जागिरे छोरी :- जसले किर्ते हस्ताक्षर गरेर बृद्ध आमाको करोडौं सम्पति हत्याइन् (श्रृङ्खला–१) १९ घण्टा पहिले