शनिबार , कार्तिक ८, २०७७

आज रातिदेखि एक महिना लामो मलमास सकिँदै

आज रातिदेखि एक महिना लामो मलमास सकिँदै

३० असोज, काठमाडौं ।  शुक्रबार आज राति १ बजेर ५३ मिनेटपछि एक महिना लामो मलमास सकिँदैछ । चान्द्रमास र सौरमासको समन्वयको लागि हरेक २ वर्ष, ८ महिना, १६ दिन र चार घडी पुगेपछि अधिकमासको योग बन्ने गर्छ । मलमासकै कारण अरू वर्षभन्दा यो वर्ष दशैँ समेत पछि धकेलिएको थियो । मलमास सकिएसँगै शनिबार बिहानैदेखि दशैँको सुरुवात हुदै छ ।

भोलि ‘शनिबार’ बिहान १ बजेर ५३ मिनेटसम्म औंसी तिथि बाँकी रहेकोले त्यसपछि मात्रै विधिवत रूपमा मलमास सम्पन्न हुनेछ । यससँगै भोलिदेखि मलमासका कारण प्रतिबन्धित सबै कर्महरू खुला हुने भएका छन् । जस्तै, दैनिक उपभोग्य वस्तुबाहेक नयाँ सामग्री किन्नको लागि मलमासमा शास्त्रले निषेध गरेको छ । नित्य पूजाबाहेक लग्न हेरेर गर्नुपर्ने सबै किसिमका पूजामा प्रतिबन्ध लगाइएको हुन्छ ।

चान्द्रमासको यो पर्व अशुद्ध पर्व भएकोले यसलाई गणना नगरी नित्यकर्म बाहेकका शुभ कर्म गर्न नहुने विधान हिन्दु शास्त्रमा छ । हिन्दु पञ्चाङ्ग अनुसार सौरमासको एक वर्षमा ३६५ दिन, १५ घडी, ३१ पला र ३० विपला हुन्छ जब कि चन्द्रमान अनुसार ३५४ दिन, २२ घडी, १ पला र २३ विपलाको एक वर्ष हुने गर्छ ।

हरेक वर्ष सूर्य तथा चन्द्रमासको बीचमा हुने १० दिन ५३ घडी, ३० पला एवं ७ विपलाको अन्तरले महिना छोएपछि एक महिनालाई अशुद्ध मास मानेर गणना नगरी सौरमाससँग समायोजन गर्ने गरिन्छ । यही अशुद्ध भनिएको महिना नै मलमास हो ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 1 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय