शनिबार , कार्तिक १५, २०७७

गाउँपालिका अध्यक्षलाई कुटपिट गर्नेलाई कारवाहीको माग

गाउँपालिका अध्यक्षलाई कुटपिट गर्नेलाई कारवाहीको माग

३० असोज, काठमाडौं । नेपाली कांग्रेसले पार्टीको जिल्ला कार्यसमिति, बैतडीका सचिव एवं सुर्नया गाउँपालिकाका अध्यक्ष बीरबहादुर विष्टमाथि कुटपिटको घटनामा सम्लग्न व्यक्तिको तत्काल खोजी गरी कारवाही गर्न सरकारसँग माग गरेको छ ।

कांग्रेसको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज वक्तव्यमार्फत अध्यक्ष विष्टलाई निर्घात रुपले कुटपिट गरी गम्भीर घाइते बनाएको घटनाको दुई दिन बितिसक्दा पनि कुनै कारवाही नगरेको भन्दै दुःख व्यक्त गरेको छ ।

गाउँपालिका मुकामको सामान्य विषयलाई लिएर जनप्रतिनिधिमाथिको आक्रमणमा सम्लग्न व्यक्तिको तत्काल खोजी गरी कडा भन्दा कडा कानूनी कारवाही गर्न कांग्रेसले सरकारसँग माग गरेको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय