आइतबार , कार्तिक १६, २०७७

आजदेखि यस वर्षको मनसुन बहिर्गमन

आजदेखि यस वर्षको मनसुन बहिर्गमन

३० असोज, काठमाडौं । यस वर्षको मनसुन नेपालबाट बाहिरिएको छ । गत जेठ ३० गते ‘१२ जुन’ देखि नेपालको पूर्वी भूभागबाट प्रवेश गरेको यस वर्षको मनसुन आजदेखि बाहिरिएसँग मौसम घमाइलो हुँदै गएको छ ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशको पश्चिमीका केही भूभागबाट असोज १५ गते ‘अक्टोबर १’ नै बहिर्गमन भएको थियो । आजदेखि देशको सम्पूर्ण भूभागबाट यस वर्षको मनसुन बाहिरिएको जल तथा मौसम विज्ञान विभागले आज विशेष बुलेटिन निकालेर जनाएको छ ।

नेपालबाट मनसुन बाहिरिने औसत समय सेप्टेम्बर २३ हो । यस वर्ष पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहिरहेकाले मनसुन बाहिरिन ढिलो भएको मौसमविद् बताउँछन् । गत वर्ष मनसुन अक्टोबर १२ मा बाहिरिएको थियो ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 1 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय