शुक्रबार , कार्तिक १४, २०७७

बोलेरो जिप दुर्घटना हुँदा ६ जना घाइते

बोलेरो जिप दुर्घटना हुँदा ६ जना घाइते

३० असोज, पाँचथर । पाँचथरको याङवरक गाउँपालिका २ फलैंचागढीमा आज बोलेरो जिप दुर्घटना हुँदा छ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार याङवरक–१ च्याङथापूबाट फिदिम आउँदै गरेको प्रदेश नं. १–०१–००१ च ७५२८ नम्बरको बोलेरो जिप आज विहान याङवरक–२ गढी भन्ने स्थानमा अनियन्त्रित भई सडकबाट करीब एक सय मिटर तल झरेर दुर्घटना भएको हो ।

दुर्घटनामा बोलेरो चालक याङवरक–२ का २२ वर्षीय डिल्ली अधिकारीसहित छ जना घाइते भएका छन् । दुर्घटनामा याङवरक–२ का दीपक प्याकुरेल, सोही स्थानकी सुस्मा बेघा लिम्बू, झापाको वुद्धशान्ति गाउँपालिका–३ का पुष्प खनाल, ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–३ का शेरबहादुर चौहान र झापाको मेचीनगर नगरपालिका–१४ का विष्णुप्रसाद ओझी घाइते भएको प्रहरी जनाएको छ । घाइतेहरुलाई थप उपचारका लागि झापा पठाइएको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय