भारतमा कोरोना संक्रमितको संख्या ७३ लाख ७२ हजार नाघ्यो
नेपालबहस संवाददाता
असोज ३०, २०७७ शनिबार ४:२६:३३
३० असोज, नयाँ दिल्ली । भारतमा शुक्रबार कोरोना भाइरस ‘कोभिड १९’ सङ्क्रमितको संख्या ७३ लाख ७२ हजार नाघेको छ । शुक्रबार साँझसम्म प्राप्त समाचारअनुसार भारतमा कोरोना सङ्क्रमित संख्या ७३ लाख ७२ हजार ३९४ भएको छ ।
यस सङ्क्रमणबाट ज्यान गुमाउने व्यक्तिको संख्या १ लाख १२ हजार २१४ पुगेको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा गत २४ घण्टामा ६० हजार ४३९ जनामा थप सङ्क्रमण देखिएको र कोरोना सङ्क्रमणको कारण ८३५ जनाको मृत्यु भएको छ ।
भारतमा गत सेप्टेम्बर २८ बाट अक्टोबर १० सम्म अर्थात १३ दिनमा कोभिड १९ सङ्क्रमितको संख्या दश लाख बढेको पनि समाचारमा जनाइएको छ । अझै पनि भारतभरी ८ लाख ७ हजार १२६ व्यक्ति संक्रिय सङ्क्रमित रहेका छन् । कोरोनाको सङ्क्रमण देखा परेयता हालसम्म ६५ लाख ५३ हजार ५४ जना सङ्क्रमित व्यक्तिहरु कोरोना भाइरस मुक्त भएका छन । सङ्क्रमणमुक्त भएकाहरुको संख्यामा भारत अग्रस्थानमा रहेको छ ।
कोरोनाको सङ्क्रमण देखा परेयता भारतमा ९ करोड २२ लाख ५४ हजार ९२७ व्यक्तिलाई कोरोना भाइरस भएको या नभएको परिक्षण गरिएको भारतीय मेडिकल रिसर्च काउन्सिल ‘आइसीएमआर’ ले जानकारी दिएको छ । जोन्स हकिन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरि हालसम्म ११ लाख भन्दा बढीको मृत्यु भएको छ , ।
विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरस ‘कोभिड–१९’ का कारण विश्वमा तीन करोड ९२ लाख ५२ हजार भन्दा बढी मानिस सङ्क्रमित भएका छन् । कूल सङ्क्रमितमध्ये दुई करोड ९४ लाख २२ हजार ४११ जना सङ्क्रणमुक्त भइसकेको विश्वविद्यालयले जनाएको छ । सङ्क्रमणमुक्त भएकाहरुको संख्यामा भारत अग्रस्थानमा रहेको छ । भारतमा अहिलेसम्म ६३ लाख १ हजार ९२७ जना सङ्क्रमणमुक्त भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार