सोमबार , कार्तिक १०, २०७७

कामपाले दियो मेयर्स रिसर्च फेलोसिप

कामपाले दियो मेयर्स रिसर्च फेलोसिप

१ कात्तिक, काठमाडौं । विभिन्न फरक फरक विधामा अध्ययन अनुसन्धान गर्नका लागि काठमाडौं महानगरपालिकाले १० जनालाई ‘मेयर्स रिसर्च फेलोसिप’ प्रदान गरेको छ । कामपा सहरी योजना आयोगले नीति–निर्माण तहमै अनुसन्धानको संस्कृति बसाल्ने र त्यसलाई कार्यान्वयन तहमा लैजाने उद्देश्यसहित पहिलो चरणमा १० जनालाई ‘मेयर्स रिसर्च फेलोसिप’ प्रदान गरेको हो ।

कामपाका प्रमुख विद्यासुन्दर शाक्यले आगामी नीति तथा कार्यक्रममा समावेश गरी कार्यान्वय चरणमा लैजान सहज हुने गरी व्यावहारिक पक्षलाई समेत ध्यानमा राखेर अनुसन्धान तयार पार्न अनुसन्धान कर्तालाई सुझाव दिए । अनुसन्धानका लागि कामपाले प्रत्येक विधामा एक लाख ५० हजार दिने पनि सम्झौतामा उल्लेख गरिएको छ ।

अनुसन्धानको पहिलो चरणमा कामपाभित्र रहेका विद्यालयमा गैरसङ्क्रामक रोगसम्बन्धी जोखिम र स्वास्थ्य जीवनशैलीसम्बन्धी नीति अध्ययन, पैदल यात्रीका कारण स्थानीय अर्थतन्त्र र जीविकामा परेको प्रभाव रहेको छ । त्यसैगरी काठमाडौंको ठमेल क्षेत्रको अध्ययन, काठमाडौं उपत्यकाभित्र जोखिम न्यूनीकरण गर्नका लागि पूर्वाधार म्यापिङसम्बन्धी अध्ययन, उपत्यका भित्रको वायु गुणस्तर रहेको छ । वायु प्रदूषण संयन्त्रसम्बन्धी विश्लेषण अध्ययन, काठमाडौंका सामुदायिक विद्यालयका महिला प्राध्यापकको अनुभवको मात्रात्मक अध्ययन छनोटमा परेको छ ।

त्यसैगरी पहिलो चरणमै विश्व जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका लागि काठमाडौं उपत्यका रिङरोड क्षेत्रको वायोमास र कर्बोन स्टक सम्भाव्यता वृक्षारोपणसम्बन्धी अध्ययन छ । कामपाको ज्येष्ठ नागरिकको जीवनको गुणस्तरसम्बन्धी कानून, नीति र प्रमाणसम्बन्धी अध्ययन, क्षेत्र भित्रको नेवार समुदायमा रहेको गरिबी र सम्भावित निवारणका पद्धतिसम्बन्धी अध्ययन पनि छनोट भएका छन् ।

त्यस्तै काठमाडौं विकास व्यवस्थापन योजना तर्जुमा देखि कार्यान्वयनसम्म मा सञ्चारको भूमिका र प्रभावकारिता अभिवृद्धिसम्बन्धी अनुसन्धान प्रस्तावना पनि छनोटमा परेको छ । उल्लेखीत १० विधामा अनुसन्धानका लागि क्रमश प्रतीक खनाल, कृति प्रधान, सुरज गौतम, राजीव पोखरेल, सम्राट बस्याल, नवीनराज जोशी, कृपा सिग्देल, मनिष मान श्रेष्ठ, रवीन्द्र के सुवाल र गोपी कृष्ण ढुङ्गाना रहेका छन ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

अनमोल र सुहानाको लुक्ससहितको पोष्ट सार्वजनिक अनमोल र सुहानाको लुक्ससहितको पोष्ट सार्वजनिक १ दिन पहिले
बडादशैँमा रोकिएन उपत्यकाको सभ्यताको स्रोत वाग्मती सफाइ महाभियान बडादशैँमा रोकिएन उपत्यकाको सभ्यताको स्रोत वाग्मती सफाइ महाभियान २ दिन पहिले
खर्च व्यहोर्न नसक्ने संक्रमितको उपचार निःशुल्क गर्न मन्त्रालयकाे निर्देशन खर्च व्यहोर्न नसक्ने संक्रमितको उपचार निःशुल्क गर्न मन्त्रालयकाे निर्देशन १ दिन पहिले
अस्पतालको लूट : कोरोनाको लक्षण देखिएकालाई ५० हजार र जटिल बिरामीलाई २ लाख धरौटी ! अस्पतालको लूट : कोरोनाको लक्षण देखिएकालाई ५० हजार र जटिल बिरामीलाई २ लाख धरौटी ! ५ दिन पहिले
चिर्पट प्रहार गरेर श्रीमतीको हत्या चिर्पट प्रहार गरेर श्रीमतीको हत्या ६ घण्टा पहिले
डोटीका शक्तिपीठ र मन्दिरलाई निषेधित क्षेत्र घोषणा डोटीका शक्तिपीठ र मन्दिरलाई निषेधित क्षेत्र घोषणा ५ दिन पहिले
नेता नेपाल भन्छन्, संक्रमितको उपचार गर्नुपर्ने दायित्वबाट सरकार विमुख हुन मिल्दैन ! नेता नेपाल भन्छन्, संक्रमितको उपचार गर्नुपर्ने दायित्वबाट सरकार विमुख हुन मिल्दैन ! ६ दिन पहिले
विशेष सुरक्षा योजना लागू गर्दै ५०० बढी प्रहरी परिचालन विशेष सुरक्षा योजना लागू गर्दै ५०० बढी प्रहरी परिचालन ६ दिन पहिले