टीकापुरका सामुदायिक विद्यालयमा एउटै रङ
नेपालबहस संवाददाता
कात्तिक १, २०७७ शनिबार १६:१२:५७
१ कात्तिक, टीकापुर । देशभरका सबै विद्यालयको भौतिक पूर्वाधार एकै रङको बनाउन शिक्षा विभागले दिएको निर्देशनपछि कैलालीको टीकापुरका सबै विद्यालयमा रङ्गरोगन गरिएको छ । टीकापुर नगरपालिकाले पहिलो चरणमा १८ विद्यालयमा रङ्गरोगन गरेको हो । शिक्षा विभागको निर्देशनअनुसार विद्यालयमा एकरुपता ल्याउन रङ्गरोगन गरिएको शिक्षा अधिकृत नरेश अवस्थी बताउछन । ‘‘सरकारले सबै विद्यालय एउटै खालको देखिनुपर्छ भनी गरेको निर्णयअनुसार हामीले पनि रङ्गरोगन थालेका छौँ’’, अधिृकत अवस्थी भन्छन, ‘‘विद्यालय रङ्गरोगन गर्दा सरसफाइ र मर्मतको माग पनि भएको छ । यसले शिक्षक, विद्यार्थी सबैलाई उत्साहित बनाएको छ ।’’
सबै विद्यालय भवनको रङ एकै प्रकारको बनाउन र शिक्षाका निकायमा एकरूपता ल्याउन अनिवार्य रूपमा कलर कोड प्रयोग गर्न थालेको उनी बताउछन । टीकापुर नगरपालिकाले पहिलो चरणमा माध्यमिक विद्यालयलाई प्राथमिकतामा दिएर रङ्गरोगन गरेको हो । ‘‘सङ्घीय सरकारको रु ७६ लाख बजेट रङ्गरोगनका लागि आएको थियो, जसमा टेण्डर आह्वानमा रु ३९ लाखमा ठेक्का स्वीकृत भएर १८ विद्यालय रङ्गरोगन सकियो’’, नगरपालिकाका इञ्जिनीयर नवीन ओझाले भने, ‘‘अब बाँकी रहेको रकम पुनः ठेक्का सम्झौता गरी थप विद्यालय यसै आर्थिक वर्षमा रङ्गरोगन गरिनेछ ।’’ टीकापुर नगरपालिकामा ३४ वटा सामुदायिक विद्यालय छन् । नगरपालिका आफैँले बजेट थप गरेर भए पनि यसै आर्थिक वर्षमा सबै विद्यालय रङ्गरोगन गर्ने योजना बनाएको छ ।
शहरी विकास तथा भवन निर्माण विभागद्वारा जारी सार्वजनिक भवनमा प्रयोग हुने रङसम्बन्धी निर्देशिका–२०६९ अनुसार एकै रङ प्रयोग गरिएको छ । निर्देशिकाअनुसार भवनको मुख्य प्लास्टरको भाग फिका पहेलो, मुख्य भाग इँट्टा वा ढुङ्गाको गाह्रोमा पारदर्शी रसायन प्रयोग भएको, ठाडो र तेस्रो ब्यान्ड सेतो, छज्जा वा फेसिया खरानी र छाना तेरकोटा वा रातो बनाइएको इञ्जिनीयर ओझाले बताए । पहेलो रङ्ग उज्यालो र सबैलाई मनपर्ने भएकाले विद्यालयको मुख्य भाग पहेलो र घामपानीबाट जोगाउन मुख्य भागको इँट्टामा पारदर्शी रसायन प्रयोग गरिएको नगरपालिकाले जनाएको छ । ‘‘कोरोना महामारीपछि यहाँका अधिकांश विद्यालय क्वारेन्टाइन बनाइएका थिए’’, इञ्जिनीयर ओझा भन्छन, ‘‘अहिले ती विद्यालय सरसफाइसँगै रङ्गरोगन गर्दा विद्यालय प्रशासन र अभिभावक खुशी भएका छन् ।’’
त्रिभुवन मावि बटनपुरका प्रधानाध्यापक रवीन्द्रबहादुर कठायतका अनुसार रङ्गरोगनपछि विद्यालय सफा र आकर्षक देखिएका छन् । वर्षौदेखि रङ्गरोगन गर्न नसकिएका विद्यालय रङ्गरोगनपछि आकर्षक देखिनुका साथै विद्यार्थीको आकर्षण बढेको उनी बताउछन । ‘‘कतिपय विद्यालय स्थापनादेखि अहिलेसम्म कहिल्यै रङ्गरोगन नभएका पनि थिए, मर्मत नभएर खण्डहर जस्तै भएका थिए’’, प्रधानाध्यापक कठायत भन्छन, ‘‘अहिले चिटिक्क देखिएका छन् । सफा सबैलाई मनपर्छ । यसले उत्साह थपिदिएको छ ।’’
टीकापुर नगरपालिकामा ३४ वटा सामुदायिक विद्यालय छन् भने निजी विद्यालयको सङ्ख्या ४२ छ । ‘‘निजी विद्यालयमा पनि कलर कोड गर्न सकिएको भए विद्यालय पहिचानमा सहज हुने थियो’’, अभिभावक रंग तिमिल्सिना भन्छन, ‘‘निजी विद्यालयमा पनि कलर कोड गरेर एक खालको देखिन सके विद्यालय पहिचानमा सहजता हुन्छ ।’’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौंमा कक्षा १२ को परीक्षाका केन्द्रहरू स्वचालित विधिबाट तोकियो
बैशाख ७, २०८१ शुक्रबार
स्वीकृति नपाएका पाठ्यपुस्तक प्रयोगमा ल्याएको पाइए कारबाही गरिने
बैशाख ६, २०८१ बिहिबार
प्रधानाध्यापक र शिक्षकबीचको विवादले पठनपाठनमा असर
बैशाख ५, २०८१ बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
प्रतिपक्षले बहिष्कार गरेपछि गण्डकी प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित
बैशाख ७, २०८१ शुक्रबार
‘कलेजो स्वास्थ्य राख्न खानपिन र रहनसहनमा ध्यान दिन जरुरी’
बैशाख ७, २०८१ शुक्रबार
पूर्वाधार अभावमा पनि खेलकुदमा सुदूरपश्चिम अब्बल
बैशाख ७, २०८१ शुक्रबार
महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान
बैशाख ७, २०८१ शुक्रबार
बैंकहरुको मुनाफा घट्यो, ९ महीनामा ४०.६८ अर्ब आम्दानी
बैशाख ७, २०८१ शुक्रबार