सोमबार , कार्तिक १०, २०७७

केन्द्रीय सभापतिमा कल्याण गुरुङको दावेदारी, आम कार्यकर्ताको भावना समेटेको दाबी

केन्द्रीय सभापतिमा कल्याण गुरुङको दावेदारी, आम कार्यकर्ताको भावना समेटेको दाबी

१ कार्तिक, काठमाडौं । नेपाली कांग्रेसमा युवापुस्ताको नेतृत्वका सन्दर्भमा चर्चा चलिरहँदा त्यसको अगुवाई गर्ने हिम्मत कसले गर्ला ? आम कार्यकर्तामा चासो र चर्चाको विषय बनेको छ । धेरैले गगन थापा वा विश्वप्रकाश शर्माको नाम लिने गर्छन् । तर उनीहरु आफ्नो चर्चा चलाएर पिता पुस्ताको छत्रछायाँ मात्रै खोजिरहेका देखिन्छन् ।

यसै पृष्ठभूमिमा एकजना जुझारु केन्द्रीय सदस्य कल्याण गुरुङले त्यो चासोलाई संबोधन गर्ने भएका छन् । पार्टीको आगामी चौधौं महाधिवेशनमा उनले केन्द्रीय सभापति पदमा प्रतिस्पर्धा गर्ने उद्घोष गरेका छन् । कतिपयलाई गुरुङको यो घोषणा बार्गेनिङ टूल लाग्दो हो । तर उनी आफ्नो मिशनमा अटल छन् ।

नेपालबहस डटकमसँगको कुराकानीमा उनले भने–पार्टीभित्र युवापुस्ताले नेतृत्व लिन दवाव बढिरहेको बेला मैले त्यो साहस गरेको छु । आगामी महाधिवेशनमा म सबै पुस्तालाई समेटेर टिम बनाउने छु । सकेसम्म संस्थापन इतर पक्षबाटै मेरो पक्षमा माहोल बनाउन पहिलो प्रयास गर्ने जानकारी दिंदै उनले भने– यदि कुरा मिलेन भने मेरो नेतृत्वमा सबै पुस्ता र गुटलाई समेटेर सभापतिलगायत पदमा उम्मेदवारी दिइने छ ।

हाल पार्टीका निर्वाचित केन्द्रीय सदस्य रहेका गुरुङ पछिल्लो समय महामन्त्री डा.शशांक कोइराला निकट मानिन्छन् । उनी भन्छन्– म संस्थापन इतर पक्षमा छु, त्यहींबाट आफ्नो उम्मेदवारीको औचित्य पुष्टी गर्न नेताहरुसँग छलफल गरिरहेको छु । सबैले मलाई शुभकामना दिनुभएकाले युवा जमातको मात्र होइन बुढापुस्ताको पक्षमा माहोल बन्ने विश्वास गरेको छु ।

केवल केन्द्रीय सदस्यको मात्रै अनुभव भएका गुरुङको सभापतिमा उठ्ने र जित्ने आधार के होला त ? भन्दा उनी प्रष्ट्याउँदै भन्छन्– कांग्रेसको इतिहास हेर्ने हो भने बीपी, सुवर्ण शमशेर वा गणेशमान सबै नेता युवावयमै सभापतिका लागि प्रतिस्पर्धा गर्नेमा पर्नुहुन्छ । टंकप्रसाद आचार्य जेल परेपछि बीपी कार्यवाहक सभापति हुँदा मात्र ३३ वर्षको रहेको स्मरण गर्दै गुरुङले भने– २००९ सालमा बीपी पार्टी सभापति हुँदा ३९ वर्षको हुनुहुन्थ्यो भने २०१२ सालमा सुवर्णशम्शेर सभापति बन्दा ४४ वर्षको हुनुहुन्थ्यो । त्यसैले कांग्रेसको नेतृत्व सधैं युवापुस्ताले नै गरेको इतिहास एकपटक फेरि दोह¥याउने पक्षमा मैले यस्तो निश्कर्ष निकालेको हुँ ।

यस्तै, बीपी ४६ वर्षको उमेरमा प्रधानमन्त्री बन्नुभएको र किसुनजी मात्र २७ वर्षको उमेरमा सभामुख चुनिनुभएको इतिहाससमेत उनले स्मरण गराए । त्यति मात्र होइन , वर्तमान सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले ५० वर्ष नकटिकनै धेरै अवसर पाएकाले अब उहाँहरुले अभिभावकीय भूमिकामा बस्नुपर्ने बेला आएको पनि बताए ।

अब कांग्रेसको नेतृत्व युवावयले गर्नुपर्छ, त्यसका लागि बुढा पुस्ताले अर्घेल्याईं गर्नु हुँदैन भन्दै केन्द्रीय सदस्य गुरुङले भने – कांग्रेसलाई बचाउने हो र युवापुस्ताको आकर्षण थप्ने हो भने युवाले नै पार्टी हाँक्नुपर्छ । आम कार्यकर्ताको चाहना पनि यस्तै छ । आफ्नो उम्मेदवारीको औचित्य पुष्टी गर्दै उनले आम कार्यकर्ताले पनि पार्टीको सर्वाेच्च पदमा पुग्ने अवसर पाउँछन् भन्ने मान्यता स्थापित गर्न नै मेरो उम्मेदवारी रहने छ भने ।

कांग्रेस भनेको नेताहरु र उनका अरौटेभरौटेको मात्र पार्टी होइन, आम कार्यकर्ताको समेत हकअधिकार लाग्ने संस्था हो भन्ने सन्देश प्रवाहित गर्न नै आफूले सभापतिमा उम्मेदवारी दिन लागेको दाबी उनले गरे । सामान्य कार्यकर्ता पनि पार्टी सभापति हुनसक्छ भन्ने कुरा बुझाउन आफू मैदानमा ओर्लन लागेको उनले बताए । बीपीलगायत देउवासमेत केन्द्रीय सदस्यबाटै सभापति बनेको उदाहरण दिंदै उनले पार्टीमा लागेका हरेक कार्यकर्ताको सहज पहुँच र राजनीतिक सुरक्षाका लागि आफू सक्रिय रहेको दावा पनि गुरुङले गरे ।

महोत्तरी जिल्लाबाट केन्द्रीय राजनीतिमा उक्लेका गुरुङ लामो समय नेपाल विद्यार्थी संघको राजनीतिमा लागेका थिए र त्यसको केन्द्रीय सभापति समेत भैसकेका छन् । आम कार्यकर्ताको भावना र चाहनाको प्रतिनिधित्व गर्न आफू लागिपरेको भन्दै उनले जित हार जे होस्, तर चौधौं महाधिवेशनमा सभापति लड्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

स्वास्थ्यसम्बन्धी सबै नियमको पालना गरेर दशैँ मनाउन राष्ट्रपतिको आग्रह स्वास्थ्यसम्बन्धी सबै नियमको पालना गरेर दशैँ मनाउन राष्ट्रपतिको आग्रह ३ घण्टा पहिले
अनमोल र सुहानाको लुक्ससहितको पोष्ट सार्वजनिक अनमोल र सुहानाको लुक्ससहितको पोष्ट सार्वजनिक २४ घण्टा पहिले
ताँजाकोटका नागरिक एक महिनादेखि सञ्चार सेवाबाट वञ्चित ताँजाकोटका नागरिक एक महिनादेखि सञ्चार सेवाबाट वञ्चित १९ घण्टा पहिले
नेपालमा थप ५ जना कोरोना संक्रमितको मृत्यु नेपालमा थप ५ जना कोरोना संक्रमितको मृत्यु १८ घण्टा पहिले
प्रशासनको आग्रह बेवास्ता गर्दै क्रसर उद्योग पुनःसञ्चालन प्रशासनको आग्रह बेवास्ता गर्दै क्रसर उद्योग पुनःसञ्चालन १९ घण्टा पहिले
आईपीएल टी-ट्वान्टी क्रिकेटको प्ले अफ पछिको खेल तालिका सार्वजनिक आईपीएल टी-ट्वान्टी क्रिकेटको प्ले अफ पछिको खेल तालिका सार्वजनिक ३ घण्टा पहिले
यती एयरलाइन्सले आफ्ना यात्रुका लागि ल्यायाे जोडीलाई दशैँ अफर यती एयरलाइन्सले आफ्ना यात्रुका लागि ल्यायाे जोडीलाई दशैँ अफर १३ घण्टा पहिले
सभापति देउवाले भने, घर-डेरामै सीमित रहेर पर्व मनाउनाैँ ! सभापति देउवाले भने, घर-डेरामै सीमित रहेर पर्व मनाउनाैँ ! ३ घण्टा पहिले