काेराेना कहरमै शुरु भयो, पर्यटकीय क्षेत्रमा चहलपहल
नेपालबहस संवाददाता
कात्तिक १, २०७७ शनिबार २१:१३:४७
१ कात्तिक,बलेवा । दशैँ नजिकिएसँगै बागलुङ कालिका मन्दिरमा पनि भक्तजन जाने क्रम बढेको छ । लकडाउनको समयभर प्रतिबन्ध लगाएकाले गत चैत, वैशाख, जेठ र असारमा मानिस गएनन् । ऐतिहासिक चैतदशैँ मेला पनि भएन ।
साउनदेखि छिटफुट जाने भक्तजनले पनि पूजा गरेनन् । अहिले पनि मन्दिरमा फूल, प्रसाद र टीकाको छुट्टै व्यवस्था गरिएको तर धार्मिकस्थल खुल्छन् भने पनि भक्तजनमा उत्साह थपिएको छ । पर्यटनमन्त्री योगेश भट्टराईले कात्तिक १ गतेदेखि देशभरका धार्मिक तीर्थस्थल खुलाउने निर्देशन गरेपछि यहाँका मठमन्दिरहरुमा चहलपहल बढेको हो । ‘शनिबारदेखि कालिका मन्दिर खुल्छ रे १, अब पूजा गर्न जानुपर्ला’ पर्वतको पाङ्की यमुना शर्माले भने, “अहिलेसम्म गएको थिइनँ ।” सार्वजनिक क्षेत्र खुला भए पनि मन्दिर नखुल्दा धार्मिक गतिविधि नभएको उनले बताए ।
भक्तजनको चहलपहल तुलनात्मक बढेकाले कसरी खुलाउने भन्ने छलफल थालेको कालिका भगवती गुठीका अध्यक्ष राजु खड्काले बताए । सङ्क्रमणको समय भएकाले खुला गर्दा अप्ठ्यारो पर्छ कि भन्ने लागेको हो, तर अन्यत्र सबै खुला भएकाले मन्दिरमा सुरक्षित भएर पूजा गर्न लगाइयो भने खुला गर्न मिल्ला । प्रहरी र प्रशासनमा पनि यो विषयमा कुरा भएको उनले बताए।
घटस्थापनादेखि कालिका मन्दिरमा सयौँ भक्तजन आउने गर्थे । यो वर्ष तुलनात्मक रुपमा घटे पनि आस्था राख्नेका लागि रोक्न भने नसकिने उनले बताए । सरकारले पनि धार्मिकस्थलमा सुरक्षाका मापदण्डसहित खुलाउने भनेकाले कालिकामा पनि सुरक्षा अपनाइने उनले बताउनुभयो । कालिका मन्दिर मात्र नभई पञ्चकोट, शालिग्राम सङ्ग्राहलयमा पनि पर्यटक बढेका छन् । अधिकांश स्थानीय भए पनि घुम्ने र आस्थाको केन्द्रमा पुगेर पूजा गर्न खोजेको भेटिएको हो ।
लकडाउनका कारण बन्द रहेको नेपालकै लामो झोलुङ्गे पुलमा अहिले यात्रा गर्ने बढेका छन् । सम्पदामा मानिसको चहलपहल बढेपछि यहाँका रेष्टुरन्ट पनि सञ्चालनमा आउन थालेका छन् । ६ महिना बन्द होटल तथा रेष्टुरेन्टमा सरसफाइ शुरु भएको छ ।लकडाउन खुला भएकाले व्यवसाय बढ्न थालेको होटल सङ्घ गण्डकीका अध्यक्ष अर्जुन चोखालले बताए । “अझै होटलमा बस्ने गरी पाहुना आएका छैनन् तर धार्मिक र पर्यटकीय क्षेत्र खुला छ भन्ने सन्देशले केही पाहुना आएका छन्”, चोखालले भने, “लामो दूरीबाट आउने पाहुना नबढेसम्म होटल पूर्ण रुपमा चल्दैनन् ।” छिटफुट रुपमा होटलमा खाना खाने र बस्ने भने देखिन थालेको उनले बताए । रेष्टुरेन्टहरु भने भरिन थालिसकेका छन् ।
अन्य व्यपार भने बढेको उद्योग वाणिज्य सङ्घका महासचिव नरेश कँडेलले बताए । “खाद्यवस्तुको व्यपार त लकडाउनमा पनि थियो, अहिले विलाशिताका वस्तुको पनि व्यापार बढेको छ”, कँडेलले भने, “केही समयदेखि व्यवसायले पुरानै लय समात्न थालेको छ ।” पूर्ण ठप्प भएको यातायात र होटल व्यवसायमा पनि सुधारको सङ्केत देखिएको उनले बताए । दशैँ आउन लागेकाले बजारमा किनमेल गर्नेको भीडसमेत देखिन थालेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनास्लुमा नौ महिनामा आठ हजार विदेशी पर्यटक भित्रिए
बैशाख ७, २०८१ शुक्रबार
के तपाई पदयात्रामा निस्किदै हुनुहुन्छ, कसरी गर्ने तयारी ?
बैशाख ७, २०८१ शुक्रबार
पर्यटनमा नयाँ गन्तव्य: पर्वतीय उडानबाट कैलाश मानसरोवर दर्शन
बैशाख ६, २०८१ बिहिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
लोकरिझ्याईं राजनीतिको ‘महाजात्रा’मा हरिवंश आचार्य
कुसुम भट्टराई
बैशाख ५, २०८१ बुधबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
युएईसँग हारेसँगै नेपाल एशिया कपमा छनौट हुन असफल
बैशाख ७, २०८१ शुक्रबार
अब हामी देशमा अर्को उथलपुथल ल्याउँछौँः माधव नेपाल
बैशाख ८, २०८१ शनिबार
गोदावरीमा एमाले महाधिवेशन प्रतिनिधि परिषद्को बैठक, ओलीले पेश गरे राजनीतिक प्रतिवेदन
बैशाख ८, २०८१ शनिबार
दामदार र आर्थिक चलखेल हुने विभागमा एमाले र माओवादीको तानातान, समय नपुग्दै सरुवा
बैशाख ८, २०८१ शनिबार
मुख्यमन्त्री अधिकारीले दिए गण्डकीमा चुमान र मनाङेलाई जिम्मेवारी
बैशाख ८, २०८१ शनिबार