शुक्रबार , कार्तिक १४, २०७७

सप्तरीमा कोरोनाबाट पछिल्लो तीन महिनामा २२ जनाको मृत्यु

सप्तरीमा कोरोनाबाट पछिल्लो तीन महिनामा २२ जनाको मृत्यु
फोटो क्याप्सन : कोरोना संक्रमित मृतकको शवको व्यवस्थापन गर्दै ।

♦ धीरुभाइ

१ कात्तिक, सप्तरी । कोरोना संक्रमणबाट सप्तरीमा पछिल्लो तीन महिनामा चार महिलासहित २२ जनाको मृत्यु भएको छ । मृतकमध्ये असोज महिनामा मात्र १३ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । कोरोनाबाट राजविराज नगरपालिकामा नौ, रुपनी गाउँपालिका, डाक्नेश्वरी नगरपालिका, राजगढ गाउँपालिकामा दुई÷दुई, विष्णुपुर गाउँपालिकामा तीन, खडक नगरपालिका, अग्नीसाइर कृष्णसवरण गाउँपालिका, तिलाठी कोइलाडी गाउँपालिका र कञ्चनरुप नगरपालिकाका एक÷एक जनाको मृत्यु भएको छ ।

जिल्लामा साउन १ गते राजविराज नगरपालिका ६ सिरहारोडका ७३ वर्षीय पुरुष व्यापारीको कोरोना संक्रमणबाट मृत्यु भएपछि मृतकको खाता खुलेको थियो । यससँगै साउनमा चार जनाको मृत्यु भएको छ । साउन २१ गते रुपनी गाउँपालिका ५ का ४२ वर्षीय पुरुष, २७ गते डाक्नेश्वरी नगरपालिका ८ का (हाल राजविराज ६) ७२ वर्षीय पुरुषको मृत्यु भएको छ ।

यसैगरी, भदौमा छ जनाको मृत्यु भएको छ । भदौ २ गते राजविराज नगरपालिका ४ का २८ वर्षीय पुरुष, ५ गते वार्ड नम्बर ७ का ७७ वर्षीय पुरुष, १३ गते वार्ड नम्बर २ का ६० वर्षीया महिला, १८ गते वार्ड नम्बर ७ का ४८, ५५ वर्षीय पुरुष, र ३१ गते खडक नगरपालिका ३ का ३५ वर्षीय पुरुषको संक्रमणबाट मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीका वरिष्ठ मलेरिया इन्सपेक्टर नारायणप्रसाद राउत बरैले जानकारी दिए ।

त्यसैगरी, असोजमा १३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । असोज ४ गते विष्णुपुर गाउँपालिका ३ का ६२ वर्षीया महिला, वार्ड नम्बर १ का ५५ वर्षीय पुरुष, ८ गते राजविराजका ६६ वर्षीय पुरुष (सिडिओको भान्से), ९ गते राजविराज ३ का ६३ वर्षीय पुरुष, सोही वार्डका ७१ वर्षीय पुरुष, १३ गते अग्नीसाइरकृष्ण सवरण गाउँपालिका ४ का ३९ वर्षीय पुरुष, १५ गते विष्णुपुर गाउँपालिका ५ का ६७ वर्षीय पुरुष, १६ गते तिलाठी कोइलाडी गाउँपालिका ५ का ६८ वर्षीय पुरुष, २२ गते राजविराज ६ (पुख्र्यौली राजगढ गाउँपालिका ४) का ७० वर्षीय पुरुष र रुपनी गाउँपालिका १ का ३६ वर्षीय पुरुष, २५ गते राजविराज ६ (पुख्र्यौली डाक्नेश्वरी नगपालिका ७) का ६६ वर्षीया महिला, २७ गते राजगढ गाउँपालिका ६ का ५९ वर्षीया पुरुष र २९ गते कञ्चनरुप नगरपालिका २ का ४६ वर्षीया महिलाको मृत्यु भएको उनले बताए ।

मृत्यु भएका अधिकाँश मानिस मधुमेह, उच्च रक्तचाप, मुटु, जस्ता दीर्घ रोगी रहेका थिए । संक्रमित मृतकमध्ये अधिकाँश उपचारको क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, नोबेल अस्पताल बिराटनगर, होम आइसोलेसन र उपचारको लागि अस्पताल लगिदै गर्दा बाटोमा मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीका निमित कार्यालय प्रमुख दुनियालाल यादवले बताए ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय