आइतबार , कार्तिक १६, २०७७

एभर्टनविरुद्ध लिभरपुलका मानेको पहिलो गोल

एभर्टनविरुद्ध लिभरपुलका मानेको पहिलो गोल

१ कार्तिक, एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटलबमा शीर्ष स्थानको एभर्टनविरुद्ध लिभरपुलले शुरुवाती अग्रता लिएको छ । उसका लागि साडियो मानेले खेल शुरु भएको ३ मीनेटमै गोल गरेका छन् । मानेको गोलसँगै लिभरपूलले महत्वपूर्ण खेलमा आफ्नो प्रभाव देखाएर खेल जित्ने सम्भावना बढाएको हो ।

एर्भटन लिगको शीर्ष स्थानमा छ भने च्याम्पियन लिभरपुल पाँचौ स्थानमा छ । एभर्टनले अहिलेसम्मका सबै खेल जितेर १२ अंक जोड्दा लिभरपुलले जम्मा ९ अक जोडेको छ । आजको खेल लिभरपुलले जितेमा गोल अन्तरमा पछि परेपनि लिभरपुललाई शीर्ष स्थानमा उक्लिने मौका छ ।

पछिल्लो समय एभर्टन सशक्त टिमका रुपमा देखिएको छ । खासगरी उसका जेम्स रोड्रिग्वेज निकै राम्रो फर्ममा छन् । तर माने, सलाह र फिरमिनो अहिले युरोपकै उत्कृष्ट स्ट्राइकर हुन् ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय