चितवनमा एकै दिन तीन संक्रमितको मृत्यु
नेपालबहस संवाददाता
कात्तिक १, २०७७ आइतबार १:१३:३५
१ कात्तिक, चितवन । चितवनका विभिन्न अस्पतालमा उपचाररत तीन कोरोना संक्रमितको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचाररत दुई जना र चितवन मेडीकल कलेजमा उपचाररत एक जना कोरोना संक्रमितको उपचारका क्रममा आज मृत्यु भएको हो ।
मृतक मध्ये दुई जना चितवनका र एक जना रौतहटका रहेका छन् । भरतपुर अस्पतालमा उपचाररत रौतहटको माधवनारायण वडा नम्बर ७ की ७० वर्षीया महिलाको आज विहान ९ः२५ बजेको समयमा मृत्यु भएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए ।
गत असोज २९ गते ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या भई ती महिला आइसोलेसनमा भर्ना भएकी थिइन् । असोज २८ गते संक्रमण पुष्टि भएपछि उनी आइसोलेसनमा बसेकी थिइन् । यस्तै आजै भरतपुर अस्पतालमा एक जनप्रतिनिधिको निधन भएको छ । पूर्वी चितवनको खैरहनी नगरपालिका १२ का नेपाली कांग्रेसका तर्फबाट निर्वाचित वडा सदस्य कोरोना संक्रमित ४१ वर्षीय बद्रीबहादुर पाण्डेको निधन भएको हो ।
चितवन मेडिकल कलेज भरतपुरमा खैरहनी नगरपालिका वडा नम्बर ६ की ६८ वर्षीया संक्रमित महिलाको पनि आज विहान मृत्यु भएको छ । कोभिड सघन उपचार कक्षमा उपचाररत ती महिलाको विहान मृत्यु भएको अस्पतालका निर्देशक डा।दयाराम लम्सालले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबङ्गलादेशमा काेराेनाको जेएन-१ भेरियन्ट भेटिएको पुष्टि
माघ ५, २०८० शुक्रबार
गोरखमा पनि एक जनामा कोरोना पुष्टि
माघ २, २०८० मंगलबार
चितवनमा दश महिनापछि देखियो कोरोना, दुई जना संक्रमित
माघ २, २०८० मंगलबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार