शनिबार , कार्तिक १५, २०७७

मन्दिर र शक्तिपीठमा लगाएको निषेधाज्ञाको भत्र्सना

‘के मन्दिरमा मात्रै कोरोना फैलिन्छन् र ?’ तर मदिरा पसल, होटेल तथा रेस्टुरेन्ट खुल्ला छ’ । दशैंको अवसरमा मठ मन्दिरमा गरिएको निषेधाज्ञाले मन्दिरमा फुल माला बेच्नेदेखि पार्किङ गरेर सवारी साधन राख्ने हजारौं परिवारको रोजीरोटीमाथि हस्तक्षेप रहेको भन्दै निर्णयलाई परिवर्तन गरी वैकल्पिक व्यवस्था खोज्न स्थानीय प्रशासन लगायत सरोकारबालाहरुसँग माग समेत गरिएको छ ।

मन्दिर र शक्तिपीठमा लगाएको निषेधाज्ञाको भत्र्सना

♦ धीरुभाइ

१ कात्तिक, सप्तरी । प्रदेश २ का सभा सदस्य मोहम्मद समिमले स्थानीय प्रशासनले चाडपर्वलाई लक्षित गरी शक्तिपीठ र मन्दिरहरुमा लगाइएको निषेधाज्ञाको घोर भत्र्सना गरेका छन् । शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै उनले चाडपर्वमा सरकार र प्रशासनद्वारा गरिएको सो कार्यलाई धार्मिक आस्थमाथिको हस्तक्षेप भएको उनले भने, ‘कोरोनाको भयावहतालाई देखाउँदै सनातन हिन्दु धर्मावलम्बीहरुको धर्म, परम्परा, संस्कार, आस्था र आत्मासँग जोडिएको दशै जस्तो महान पर्वको अवसरमा मठ मन्दिर तथा शक्तिपीठहरुमा लामो निषेधाज्ञा लगाइन्छन् तर मदिरा पसल, होटेल तथा रेस्टुरेन्ट खुल्ला छ ।’

उनले कोरोनाको संक्रमण रोकथाम तथा नियन्त्रण गर्न राज्यले निर्वाह गर्नुपर्ने भुमिकाभन्दा संघीय र प्रदेश सरकारले प्रतिकुल व्यवहार देखाउँदै आएको विज्ञप्तिमा भनिएको छ । जनतामाझ कोरोनालाई सरकारले झन भवावह बनाएर प्रस्तुत गर्दै आफ्नो कमि–कमजोरी ढाकछोप गर्न तथा सत्ता लम्ब्याउने षड्यन्त्र भइरहेको तथ्यबाट आमजनता पनि अनभिज्ञ छैन’ विज्ञप्तिमा भनिएको छ ।

अव्यवस्थित बजार र यातायात, राजनतिक दलहरुलाई पार्टी प्रवेश लगायतका कार्यक्रमहरु गर्न कुनै बन्देज छैन, विज्ञप्तिमा उल्लेख छ । ‘के मन्दिरमा मात्रै कोरोना फैलिन्छन् र ? अन्य ठाउँमा भिडभाड हुँदा यसको प्रभाव शुन्य हुन्छ र ?’ विज्ञप्तीमा उल्लेख छ । दशैंको अवसरमा मठ मन्दिरमा गरिएको निषेधाज्ञाले मन्दिरमा फुल माला बेच्नेदेखि पार्किङ गरेर सवारी साधन राख्ने हजारौं परिवारको रोजीरोटीमाथि हस्तक्षेप रहेको भन्दै निर्णयलाई परिवर्तन गरी वैकल्पिक व्यवस्था खोज्न स्थानीय प्रशासन लगायत सरोकारबालाहरुसँग माग समेत गरिएको छ ।

यता जिल्ला प्रशासन कार्यालय सप्तरीले गएको मध्यरातीदेखि लागू हुने गरी सम्पूर्ण शक्तिपिठ र मन्दिर क्षेत्रमा आउँदो छठसम्म निषेधित क्षेत्र घोषणा गरेको छ । अर्थात् एक महिना बढी समयसम्मको लागि जिल्लाको शक्तिपिठ र मन्दिर क्षेत्रमा निषेधाज्ञा आदेश जारी गरेको छ । जिल्ला सुरक्षा समितिको हिजो बसेको बैठकले गएराती ११ बजेदेखि लागू हुने गरी आगामी मंसिर ७ गते राती साढे ११ बजेसम्म सो क्षेत्रमा निषेधाज्ञा जारी गरेको निर्णय गरेको छ ।

No description available.

No description available.

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय