मंगलबार , कार्तिक ४, २०७७

हारेपनि रियल मड्रिड शीर्ष स्थानमा कायमै

हारेपनि रियल मड्रिड शीर्ष स्थानमा कायमै

२ कार्तिक, एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले पहिलो हार व्यहोरेको छ । शनिबार राति भएको खेलमा रियल क्याडिजसँग १–० गोल अन्तरले हराएको हो । रियल घरेलु मैदानमै नव प्रवेशी क्लबसँग स्तब्ध भएको हो । क्याडिजलाई जित दिलाउन एन्थोनी लोजानोले निर्णायक गोल गरे ।

खेलको १६ औं मिनेटमा लोजानोले गरेको गोल नै क्याडिजको जितमा निर्णायक बन्यो । क्याडिजविरुद्ध बल पोजिसनमा पकड जमाएपनि गोल गर्न नसक्दा रियलले महत्वपूर्ण ३ अंक गुमाउनु परेको हो । जितसँगै क्याडिज तालिकाको दोस्रो स्थानमा समेत उक्लिएको छ । क्याडिजले ६ खेलमा १० अंक जोडेको छ । रियल शीर्ष स्थानमा यथावत रहेको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय